प्रधानन्यायाधीश श्रेष्ठ र चीनको सर्वोच्च अदालतका अध्यक्षबीच भेटवार्ता

हिमाल प्रेस १६ कार्तिक २०८० १३:२२
8
SHARES
प्रधानन्यायाधीश श्रेष्ठ र चीनको सर्वोच्च अदालतका अध्यक्षबीच भेटवार्ता

काठमाडौँ- प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठ सिनजियाङको कासगरमा भएको ‘पहिलो चाइना (कास्गर) मध्य एसिया र दक्षिण एसिया कानुनी मञ्च’ कार्यक्रममा सहभागी भएका छन्।

कार्यक्रमपश्चात प्रधानन्यायाधीश श्रेष्ठ बुधबार साँझ बेइजिङ पुगेको चीनस्थित नेपाली राजदूतावासले जनाएको छ।

बेइजिङमा प्रधानन्यायाधीश श्रेष्ठ र चीनको सर्वोच्च अदालतका अध्यक्ष झाङ जुनबीच भेटवार्ता भएको छ। भेटमा न्यायिक सेवाका विभिन्न विषयमा छलफल भएको जनाइएको छ।

नेपाल र चीनबीचको लामो समयदेखिको सुखद द्विपक्षीय सम्बन्धप्रति सन्तोष व्यक्त गर्दै दुवै पक्ष न्यायपालिकाको क्षेत्रमा सहयोग र सहकार्य प्रवद्र्धन गरी यो सम्बन्धलाई थप मजबुत बनाउन सहमत भएका छन्।

प्रधानन्यायाधीश श्रेष्ठले न्यायिक सेवाको क्षेत्रमा सूचना तथा सञ्चार प्रविधिको प्रयोगमा चीनले गरेको उल्लेखनीय उपलब्धिको प्रशंसा गर्दै दुई देशबीच ज्ञान, अनुभव र उत्कृष्ट अभ्यासको आदानप्रदानको आवश्यकतामा जोड दिए।

बैठकपछि चीनको सर्वोच्च अदालतका प्रधानन्यायाधीशले आयोजना गरेको दिवाभोजमा सहभागी भएका थिए। श्रेष्ठ शुक्रबार स्वदेश फर्किने कार्यक्रम छ।

प्रकाशित: १६ कार्तिक २०८० १३:२२

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

one × 4 =