बालेनले फेरि भने : नेताहरूले देश बेच्न खोजे तर काठमाडौँ महानगर बिक्रीमा छैन

हिमाल प्रेस १५ कार्तिक २०८० १९:५०
18
SHARES
बालेनले फेरि भने : नेताहरूले देश बेच्न खोजे तर काठमाडौँ महानगर बिक्रीमा छैन

काठमाडौँ- काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले १७ वटा नगरपालिकाले कुनै निजी कम्पनीको पैसा खाएर बसाएको बैठक आफूले बहिस्कार गरेको बताएका छन्।

मंगलबार काठमाडौँमा भएको बैठक बहिस्कार गर्दै बैठकको सभापतित्व गरेका ललितपुरका मेयर चिरिबाबु महर्जनको अपमान गरेको भन्ने समाचार सार्वजनिक भएपछि बालेनले सामाजिक सञ्जालमार्फत् आफूले कसैको अपमान नगरेको बताएका हुन्।

उनले नेताहरूले देश नै बेच्न खोजेको तर काठमाडौँ महानगर बिक्रीमा नभएको पनि बताएका छन्। ‘१७ वटा नगरपालिकाले कुनै प्राइभेट कम्पनीबाट पैसा खाएर बसाएको बैठक बहिष्कार गरेको हो, कसैको अपमान गरेको होइन,’ उनले फेसबुकमा लेखेका छन्, ‘नेताज्यूहरूले त देशनै बेच्न खोजिसक्नु भो, तर काठमाडौं महानगर बिक्रीमा छैन। तपाईंहरूले पूरै देश नै बेच्नुभो भने पनि, काठमाडौँ एक्लै भए पनि नेपाल भनेर उभिनेछ।’

बालेनले यसअघि पनि नेताहरूमाथि खनिँदै देश बेच्न लागेको गम्भीर आरोप लगाएका थिए।

प्रकाशित: १५ कार्तिक २०८० १९:५०

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

13 − twelve =