झुलाघाट नाका बन्द हुने समय परिवर्तन

हिमाल प्रेस १५ कार्तिक २०८० १७:२१
6
SHARES
झुलाघाट नाका बन्द हुने समय परिवर्तन

काठमाडौँ- भारतसँग सीमा जोडिएको बैतडीको झुलाघाट नाका बन्द हुने समय परिवर्तन गरिएको छ। जिल्ला प्रशासन कार्यालय बैतडीले बुधबार सूचना जारी गर्दै उक्त जानकारी गराएको हो।

कार्यालयका अनुसार यसअघि गर्मीमा साँझ सवा ७ बजे बन्द हुँदै आएको नाका बुधबारदेखि साँझ सवा ६ बजे बन्द हुनेछ। नाका खुला हुने समय भने यथावत् नै रहेको जिल्ला प्रशासन कार्यालयले जानकारी दिएको छ।

प्रकाशित: १५ कार्तिक २०८० १७:२१

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

two × 1 =