सुनका गहना चोरी गर्ने पक्राउ

हिमाल प्रेस १५ कार्तिक २०८० १६:०६
6
SHARES
सुनका गहना चोरी गर्ने पक्राउ सांकेतिक तस्बिर।

काठमाडौँ- काठमाडौंको सिनामङ्गलबाट नजिर अन्सारीको साथमा रहेको सुनका गरगहना तथा नगद चोरी गर्ने तीनजनालाई प्रहरीले पक्राउ गरी सार्वजनिक गरेको छ।

पक्राउ पर्नेमा सिन्धुपाल्चोक चौतारा सागाँचोकगढी–१० घर भई हाल भक्तपुर कौशलटार बस्ने ३० वर्षीय मनोज थापा, गोरखा पृथ्वीनारायण–७ घर भई हाल काठमाडौं, कलङ्की बस्ने ३२ वर्षीय अर्जुन थापा र झापा मेचिनगर–५ घर भई हाल काठमाडौं, गौशाला बस्ने ३० वर्षीय शेखर भट्टराई रहेका काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रवक्ता तथा प्रहरी उपरीक्षक रवीन्द्र रेग्मीले जानकारी दिए।

उनका अनुसार बा२ज २१८० नम्बरको ट्याक्सीमा आएका उनीहरुले अन्सारीको साथमा रहेको सुनका विभिन्न गरगहना तथा नगद जबर्जस्ती चोरी गरी लगेको भन्ने सूचनाका आधारामा अनुसन्धान गरी निजहरुलाई पक्राउ गरिएको हो।

पक्राउ परेकामा मनोज र अर्जुन ट्याक्सी चालक रहेका र भट्टराई डीआरटी सब रेमिट्सका सञ्चालक रहेका अनुसन्धानको क्रममा खुलेको रेग्मीले बताए। उनका अनुसार उनीहरुबाट रू ९६ हजार ५०० नगदसमेत बरामद गरिएको छ।

पक्राउ परेका तीनैजनालाई थप अनुसन्धान तथा कारबाहीका लागि प्रहरी परिसर काठमाडौं पठाइएको प्रवक्ता रेग्मीले बताए। रासस

प्रकाशित: १५ कार्तिक २०८० १६:०६

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

three × 3 =