चितवनमा ७८ जनामा एचआईभी संक्रमण

हिमाल प्रेस १४ मंसिर २०८० १८:२७
14
SHARES
चितवनमा ७८ जनामा एचआईभी संक्रमण

चितवन- सन् २०२३ को ११ महिनामा जिल्लामा ७८ जना एचआईभीबाट संक्रमित भएको पुष्टि भएको छ।

३६ औँ विश्व एड्स दिवसका अवसरमा एड्स हेल्थ फाउण्डेसन नेपाल भरतपुर अस्पतालले आज (शुक्रबार) यहाँ पत्रकार सम्मेलन गरेर दिएको जानकारीअनुसार ४२५ जनाको परीक्षण गर्दा ७८ जनामा एचआईभी संक्रमण पुष्टि भएको हो।

परीक्षण गरिएकामध्ये ४० जना पुरुष, ३३ जना महिला, तीन जना तेस्रो लिंगी र दुई जना बालबालिका छन्। संक्रमण पुष्टि भएकामा चितवनका ३६ जना र बाहिरी जिल्लाका ४२ जना छन्।

जिल्लामा अहिलेसम्म दुई हजार तीन सय १९ जनामा एचआइभी संक्रमण पुष्टि भएको छ। पत्रकार सम्मेलनमा दिएको जानकारीअनुसार १ हजार २१० जना पुरुष, ९२३ जना महिला, २४ जना तेस्रो लिंगी र १६२ जना बालबालिका छन्। रासस

प्रकाशित: १४ मंसिर २०८० १८:२७

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

1 − one =