शिक्षा नै सर्वांगीण विकासको मूल आधार हो : मन्त्री बस्नेत

हिमाल प्रेस १४ मंसिर २०८० १४:०४
2
SHARE
शिक्षा नै सर्वांगीण विकासको मूल आधार हो : मन्त्री बस्नेत

सिन्धुपाञ्चोक- स्वास्थ्य तथा जनसंख्यामन्त्री मोहनबहादुर बस्नेतले शिक्षा नै सर्वांगीण विकासको मूल आधार भएको बताएका छन्।

बुधबार सिन्धुपाल्चोकको बलेफी गाउँपालिका–३ धुस्कोटस्थित भीमसेन माध्यमिक विद्यालयको ४३औँ वार्षिकोत्सव समारोहलाई सम्बोधन गर्दै उनले शिक्षाको विकास हुन सकेन भने अन्य कुनै पनि विकास नहुनेसमेत दाबी गरेका छन्।

‘शिक्षाको विकास हुन सकेन भने अन्य केही पनि विकास हुन सक्दैन, त्यसैले शिक्षा नै सर्वांगीण विकासको मुल आधार हो, यसलाई सबैले आत्मसात गर्नैपर्छ’, मन्त्री बस्नेतले भने। उनले विद्यार्थीको शैक्षिक गुणस्तरका लागि शिक्षक, विद्यार्थी र अभिभावकको गहन जिम्मेवारी रहने बताए।

मन्त्री बस्नेतले फरक प्रसंगमा गफ लगाएर विकास नहुने तर्क राखे। उनले भने, ‘विकास गर्न काम गर्नैपर्छ, गफ लगाएर हुन्न, अर्काले ल्याएको विकासका योजनामा नागरिकलाई झुक्याउनु हुन्न।’

सिन्धुपाल्चोकमा भौतिक पूर्वाधार विकासले थप तीव्रगति लिएको जनाउँदै अझै शिक्षाको विकास तथा बालविवाह रोक्ने अभियान सञ्चालनको आवश्यकता औँल्याए। ‘यहाँ पूर्वाधारको विकास भएको छ, हुँदै जान्छन्, चिन्ता लिनु पर्दैन, शैक्षिक विकास र व्यक्तिको सामाजिक चेतनाको विकासमा कदम चाल्नैपर्छ’, उनले थपे।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

five × 3 =