निमावि लाइसेन्स परीक्षामा कुन प्रदेशबाट कति उत्तीर्ण?

हिमाल प्रेस १३ मंसिर २०८० १७:५३
1.5k
SHARES
निमावि लाइसेन्स परीक्षामा कुन प्रदेशबाट कति उत्तीर्ण?

काठमाडौँ- शिक्षक सेवा आयोगले गत कात्तिक १८ गते लिएको निम्न माध्यमिक तहको अध्यापन अनुमति पत्र (लाइसेन्स) परीक्षाकाे नतिजा मंगलबार प्रकाशित गरेको छ। परीक्षामा ८.६१ प्रतिशत परीक्षार्थी उत्तीर्ण भएका छन्।

देशभरबाट १ लाख ५१ हजार १२ परीक्षार्थीले परीक्षा दिएकामा १३ हजार ७ जना उत्तीर्ण भएका आयोगले जनाएको छ।

कुन प्रदेशबाट कति उत्तीर्ण?

कोशी प्रदेशबाट २४ हजार ३९ परीक्षार्थी सहभागी भएकामा २ हजार १३० जना परीक्षार्थी मात्र उत्तीर्ण भएका छन् भने मधेश प्रदेशबाट २२ हजार ८५५ परीक्षार्थी परीक्षा सहभागी भएकामा १ हजार ६१४ जना उत्तीर्ण भएका छन्।

त्यसैगरी बागमती प्रदेशबाट १७ हजार ६५१ जनाले परीक्षा दिएकामा २ हजार २ जना उत्तीर्ण भएका छन्। गण्डकी प्रदेशबाट ११ हजार ८९७ जनाले परीक्षा दिएकामा १ हजार १५२ जना परीक्षार्थी उत्तीर्ण भएका छन्।

त्यस्तै लुम्बिनी प्रदेशबाट २९ हजार २३० जनाले परीक्षा दिएकामा २ हजार ८६३ जना उत्तीर्ण भएका छन्। कर्णाली प्रदेशबाट २४ हजार १५४ जनाले परीक्षा दिएकोमा १ हजार ५७४ जना उत्तीर्ण भएका छन्।

सुदूरपश्चिम प्रदेशबाट २१ हजार १८६ जनाले परीक्षा दिएकामा १ हजार ६७२ जना उत्तीर्ण भएका छन्।

प्रकाशित: १३ मंसिर २०८० १७:५३

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

15 − 1 =