रास्वपाका सबै सांसद केन्द्रीय सदस्य

हिमाल प्रेस १३ मंसिर २०८० १५:३५
8
SHARES
रास्वपाका सबै सांसद केन्द्रीय सदस्य

काठमाडौँ- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सबै सांसद पार्टीको केन्द्रीय सदस्य भएका छन्।  महोत्तरीको जलेश्वरमा आज बसेको रास्वपाको संसदीय दल र केन्द्रीय समितिको संयुक्त बैठकले १५ जना सांसदलाई केन्द्रीय सदस्यमा मनोनीत गर्ने निर्णय गरेको हो।

पार्टीका ६ जना सांसद यसअघि नै केन्द्रीय सदस्य थिए। उक्त निर्णयपछि पार्टीमा केन्द्रीय सदस्यको संख्या ५४ पुगेको छ।

पार्टीका उपसभापति एवं प्रतिनिधिसभा सदस्य डोलप्रसाद अर्यालले प्रतिनिधिसभाका १५ सदस्यलाई पार्टीको केन्द्रीय सदस्यमा मनोनीत गरिएको जानकारी दिए। बैठकमा पार्टीको पदाधिकारी चयन र महाधिवेशनको प्रक्रियाबारे छलफल भएको थियो। रासस

प्रकाशित: १३ मंसिर २०८० १५:३५

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

17 + 2 =