चितवन : बोरामा बाँधेर फालेको अवस्थामा महिला र पुरुषको शव फेला

हिमाल प्रेस ६ मंसिर २०८० १९:१३
32
SHARES
चितवन : बोरामा बाँधेर फालेको अवस्थामा महिला र पुरुषको शव फेला प्रतीकात्मक तस्बिर।

चितवन- भरतपुर महानगरपालिका-१२, मिलनचोकस्थित कलवडमा आज (बुधबार) एक पुरुष र एक महिलाको शव भेटिएको छ।

जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता प्रहरी नायव उपरीक्षक विजयराज पण्डितका अनुसार अन्दाजी ३०-३२ वर्षको उमेरका उनीहरूको शव भेटिएको हो।

शव दुईवटा बोरामा बाँधेर फालेको अवस्थामा भेटिएको हुँदा शंकास्पद भएको उनले बताए। हातखुट्टा बाँधेर बोरामा हालेर फालेको अवस्थामा शव भेटिएको र घटनाको अनुसन्धान सुरु गरिएको प्रवक्ता पण्डितले जानकारी दिए।

प्रकाशित: ६ मंसिर २०८० १९:१३

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

4 × 2 =