सुदूरपश्चिम विश्वविद्यालयमा खुल्यो तीन संकायमा स्नातकोत्तरमा भर्ना

हिमाल प्रेस २ मंसिर २०८० ७:३९
58
SHARES
सुदूरपश्चिम विश्वविद्यालयमा खुल्यो तीन संकायमा स्नातकोत्तरमा भर्ना

काठमाडौँ- सुदूरपश्चिम विश्वविद्यालय व्यवस्थापन, मानविकी तथा सामाजिक शास्त्र, शिक्षा शास्त्र संकायअन्तर्गत सञ्चालित स्नातकोत्तर तहका विभिन्न शैक्षिक कार्यक्रमहरूमा शैक्षिक वर्ष ०८०/८१ का लागि भर्ना खुलेको छ।

विश्वविद्यालयले शनिबार एक सूचना जारी गर्दै भर्नाका लागि प्रवेश परीक्षा आवेदन फाराम वितरण यही मंसिर ४ गतेदेखि पुस २ हुने जनाएको छ।

विश्वविद्यालयका अनुसार प्रवेश परीक्षा पुस पहिलो हप्तामा सम्बन्धित डीन कार्यालयद्वारा तोकिएको मिति अनुसार हुनेछ। कक्षा सञ्चालन पुस १२ गतेदेखि हुन विश्वविद्यालयले जनाएको छ।

प्रकाशित: २ मंसिर २०८० ७:३९

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

twelve − three =