सुदूरपश्चिम विश्वविद्यालयमा आजदेखि ‘फिल्म फेस्टिभल’

हिमाल प्रेस १५ वैशाख २०८० ८:२१
6
SHARES
सुदूरपश्चिम विश्वविद्यालयमा आजदेखि ‘फिल्म फेस्टिभल’

काठमाडौँ- सुदूरपश्चिम विश्वविद्यालयमा आजदेखि ‘फिल्म फेस्टिभल’ हुने भएको छ।

नेपाल युरोपियन फिल्म फेस्टिभल, २०२३ को १२औँ संस्करणअन्तर्गत पहिलो चरणको फेस्टिभल सुदूरपश्चिम विश्वविद्यालयमा हुन लागेको हो।

नेपालस्थित द डेलिगेसन अफ युरोपियन युनियन नेपालले शुक्रबारदेखि तीन दिनसम्म महोत्वस हुन लागेको जानकारी दिएको छ। नेपाल युरोपियनका उपराजदूत डा जोलीले फिल्म महोत्सवमा युरोपका आठ र नेपाली युवा फिल्मकर्मीले निर्माण गरेका लघुफिल्म प्रदर्शन गरिने बताए।

‘महोत्सवमा मानवअधिकार प्रवर्द्धनमा फिल्मको भूमिका चलचित्रलाई कसरी बुझ्ने शीर्षकमा अन्तरक्रियात्मक छलफल हुनेछ’, डा जोलीले भने, ‘यसको उद्देश्य आम मानिसमा उनीहरूको अधिकारका बारेमा सचेतना अभिवृद्धि गर्ने रहेको छ ।’ उनले महोत्सवमा निःशुल्क सहभागी जोसुकैले हेर्न पाउने बताए।

सुदूरपश्चिम विश्वविद्यालय कानुन संकायका डीन कर्ण थापाले मानवअधिकारसँग चलचित्र भएकाले विश्वविद्यालयले सहकार्य गरेको बताए।

‘विश्वविद्यालयले सहकार्य गरेर यस्ता कार्यक्रम गरिनैराखेको हुन्छ’, उनले भने, ‘हामीले विश्वविद्यालयमा पढाउने कुरा पनि यही नै भएकाले सहकार्य गरेर महोत्सव आयोजना गर्न लागेका हौँ।

उनले महोत्सवमा सुदूरपश्चिम विश्वविद्यालयका विद्यार्थी सहभागी हुने बताए ।

महोत्सवमा एनी डे नाउ, अरसटी रिहानीले निर्देशन गरेको अस्कर एन्ड लिली (अष्ट्रिया), एण्ड्री बाग्नेले निर्देशन गरेको रमोना (स्पेन), दोनातो रोतुनले निर्देशन गरेको इयो स्टबने (लक्जेम्बर्ग, बेल्जियम, जर्मनी र इटली), जहाभी सन्जभीले निर्देशन गरेको इमादज चाइल्डहुड (स्वीडेन, लाटभिया, इराक) प्रदर्शन हुनेछन् ।

 

प्रकाशित: १५ वैशाख २०८० ८:२१

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

nineteen + 18 =