गोल्डस्टारद्वारा जाजरकोटका भूकम्पपीडितलाई १० हजार थान जुत्ता सहयोग

हिमाल प्रेस ३० कार्तिक २०८० १३:०६
6
SHARES
गोल्डस्टारद्वारा जाजरकोटका भूकम्पपीडितलाई १० हजार थान जुत्ता सहयोग

काठमाडौँ- नेपाली जुत्ता उत्पादक कम्पनी गोल्डस्टार सुजले जाजरकोटका भूकम्पपीडितलाई १० हजार थानभन्दा बढी जुत्ता सहयोग गर्ने भएको छ।  कम्पनीले पीडितका लागि ३५ लाख ६८ हजार रुपैयाँ बराबरका १० हजार २२ थान जुत्ता सहयोग गर्ने भएको हो।

कम्पनीकी कार्यकारी निर्देशक विदुषी राणाले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई भेटेर प्रधानमन्त्री उद्दार कोष मार्फत् सहयोग गर्ने बताएकी हुन्। ‘जाजरकोट र रुकुम पश्चिमका भूकम्पपीडितहरूलाई सहयोगको हात बढाउँदै छौं। हामी प्रभावित समुदायहरूको कल्याणका लागि प्रतिबद्ध छौं। उहाँहरुको हितमा आफ्नोतर्फबाट थप सहयोग गर्न पनि तयार छौं,’ कार्यकारी राणाले भनिन्।

सन् १९९० मा स्थापित किरण सुज म्यानुफ्याक्चरर कम्पनीअन्तर्गतको गोल्डस्टार सुजले ‘मेड इन नेपाल’ अवधारणा अन्तर्गत जुत्ता चपल उत्पादन गर्दै आएको छ। पछिल्लो समय यो कम्पनीका जुत्ता युवामाझ लोकप्रिय छ।

प्रकाशित: ३० कार्तिक २०८० १३:०६

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

seven − six =