फूल नबिकेपछि सडकमै फ्याँकेर फर्किए किसान [तस्बिरहरू]

विनोद परियार २९ कार्तिक २०८० २२:१९
34
SHARES
फूल नबिकेपछि सडकमै फ्याँकेर फर्किए किसान [तस्बिरहरू]

लुम्बिनी- तिहार लक्षित फूलले बजार नपाएपछि बुटवलमा किसानहरूले सडकमै फालेका छन्। भाइटीकाकाे दिनसम्म पनि फूल नबिकेपछि उनीहरूले बुधबार बुटवल ट्राफिकचोकमा फालेर घर फर्केका हुन्। नेपाली किसानले उत्पादन गरेका फूलले बजार थेग्ने अवस्थामा भारतबाट सस्ताेमा माला भित्रिएर बिक्रीवितरण हुन थालेपछि सडकमा फाल्ने अवस्था आएकाे गुनासो किसानहरूको छ।

बुटवलकाे ट्राफिकचोक, हाटबजारलाइन, मिलनचोकमा फूलका माला र फूल सडकमा यत्रतत्र फालिएकाे थियो। व्यापार नभएपछि सडकमा फूल फाल्न बाध्य भएकाे बुटवल ट्राफिकचोकमा फूलका माला बिक्री गर्दै आएका आदर्श मधेसियाले बताए।

‘दुई दिनअघिसम्म राम्राे व्यापार थियाे। तर तिहारकाे अघिल्लाे दिनदेखि माला बिक्री भएन’, उनले भने, ‘मैले थाेरै माला राखेकाले १५ हजार मात्रै घाटा भयाे। अरूले त दुई/तीन लाखको फूल सडकमा फालेका छन्।’

फूलमा आत्मनिर्भर भए पनि सरकारले भारतबाट सहजै माला भित्र्याउन दिँदा नेपाली किसान मर्कामा परेकाे उनले बताए। केही दिनअघि रूपन्देहीमा कराेडाैँकाे फूल अवैध रूपमा भित्र्याएको किसानहरूको भनाइ छ।

 

प्रकाशित: २९ कार्तिक २०८० २२:१९

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

nineteen − five =