सहरमा आज : ‘दिमाग खराब’सहित हलमा पाँच फिल्म

सुस्मिता बजगाईं २५ कार्तिक २०८० ६:५१
12
SHARES
सहरमा आज : ‘दिमाग खराब’सहित हलमा पाँच फिल्म

काठमाडौँ- शनिबारदेखि नेपालीको दोस्रो महान् चाड तिहार अर्थात् यमपञ्चक सुरु भएको छ। तिहार विशेष हलमा निश्चल बस्नेत निर्देशित फिल्म ‘दिमाग खराब’ भर्सेस हलिउड फिल्म ‘द मार्वल्स’ प्रदर्शन भइरहेको छ।  दसैँको अवसरमा प्रदर्शन गरिएका अन्य तीन नेपाली र एक बलिउड र एक हलिउड फिल्म प्रदर्शनरत छन्।

दिमाग खराब

कात्तिक २४ गतेदेखि ‘दिमाग खराब’ प्रदर्शन भइरहेको छ। जनता र शक्तिको कथामा बनेको फिल्मका निर्देशक निश्चल बस्नेत हुन्। फिल्ममा कलाकार खगेन्द्र लामिछाने, स्वस्तिमा खड्का, अर्पण थापा, रमा थपलिया, दयाहाङ राई, विजय बराल, सुमन कार्की, पुष्कर गुरुङ, माओत्से गुरुङ, राजन खतिवडा, नविन खड्कालगायतको अभिनय छ।

मनोज पण्डितको स्क्रिप्ट डाक्टर रहेको फिल्ममा आकाश बरालले पटकथा लेखेका छन्। फिल्मका निर्माता रौनकविक्रम कँडेल हुन्। शनिबार उपत्यकामा क्यूएफएक्सअन्तर्गत छाया सेन्टर, लबिम मल, दरबार सिनेम्याक्स, सिभिल मल र भाटभटेनी भक्तपुरमा फिल्मको सो छ।

आईएनआई सिनेमाअन्तर्गत लोत्से मल र एनबी सेन्टर, रञ्जना सिनेप्लेक्स, बिग मुभिज, एफक्यूब सिनेमाज, क्यूज सिनेमाज, बीएसआर मुभिज, सीडीसी सिनेमाजमा फिल्म ‘दिमाग खराब’ चलिरहेको छ।

वान सिनेमाजअन्तर्गत आइप्लेक्स मल र कालीमाटी ट्रेड सेन्टर, सीके सिनेमाज, विश्वज्योति सिनेप्लेक्स, कीर्तिपुर सिनेप्लेक्स फिल्म ‘दिमाग खराब’ चलिरहेको अन्य हल हुन्।

द मार्वल्स

कात्तिक २४ गतेदेखि हलिउड फिल्म ‘द मार्वल्स’ नेपालमा प्रदर्शन भइरहेको छ। एक्सन र एड्भान्चर जनरामा बनेको फिल्म निया डाकोस्टाले निर्देशन गरेका छन्। फिल्ममा ब्री लार्सन, इमान भेलानी, टेयोना पेरिस, सैमुएल एल ज्याक्सनलगायतका कलाकारहरुको अभिनय छ।

शनिबार उपत्यकामा क्यूएफएक्सअन्तर्गत छाया सेन्टर, लबिम मल, दरबार सिनेम्याक्स, सिभिल मल र भाटभटेनी भक्तपुरमा फिल्मको सो छ। आईएनआई सिनेमाअन्तर्गत लोत्से मल र एनबी सेन्टर, रञ्जना सिनेप्लेक्स, बिग मुभिज, एफक्यूब सिनेमाज, क्यूज सिनेमाज, बिएसआर मुभिज, सीडीसी सिनेमाजमा हलिउड फिल्म ‘द मार्वल्स’ चलिरहेको छ।

वान सिनेमाजअन्तर्गत आइप्लेक्स मल र कालीमाटी ट्रेड सेन्टर, सीके सिनेमाज, विश्वज्योति सिनेप्लेक्स, कीर्तिपुर सिनेप्लक्ेस हलिउड फिल्म ‘द मार्वल्स’ चलिरहेका अन्य हल हुन्।

‘पशुपति प्रसाद २ : भष्मे डन’

कात्तिक ४ गतेदेखि फिल्म ‘पशुपति प्रसाद २ः भष्मे डन’ प्रदर्शनरत छ।  यो फिल्म ‘पशुपति प्रसाद’को पात्र ‘भष्मे डन’ (विपिन कार्की) मा केन्द्रित छ। पशुपति प्रसादको मृत्युपछि भष्मे डन कुन रूपमा अघि बढ्छ भन्ने फिल्मको कथावस्तु हो।

फिल्ममा अन्य कलाकार सौगात मल्ल, वर्षा शिवाकोटी, प्रकाश घिमिरे, रविन्द्र सिंह बानियाँ, सजन थापा मगर, प्रकाश दाहाल, माओत्से गुरुङ, लोकेन्द्र लेखक, विशाल पहारी, घनश्याम जोशीलगायत कलाकारको अभिनय छ।

टुकी आट्र्सको ब्यानरमा बनेको फिल्मका लेखक र निर्माता खगेन्द्र लामिछाने हुन्। फिल्म कृष्ण थापाको छायांकन र दीर्घ खड्काको सम्पादनमा बनेको छ।
शनिबार उपत्यकामा क्यूएफएक्स सिनेमाअन्तर्गत भाटभटेनी भक्तपुर, छाया सेन्टर, लबिम मल, सिभिल मलमा फिल्मको सो छ।

आईएनआई सिनेमाअन्तर्गत लोत्से मल र एनबी सेन्टर, वान सिनेमाजअन्तर्गत आइप्लेक्स मल र कालीमाटी ट्रेड सेन्टर, एफक्यूब सिनेमाज, बिग मुभिज, सीडीसी सिनेमाज, क्यूज सिनेमाज, बिएसआर मुभिज, रञ्जना सिनेप्लेक्स, सिके सिनेमाजमा फिल्म ‘भष्मे डन’ प्रदर्शन भइरहेको छ।

परदेशी २

फिल्म ‘परदेशी २’ असोज २६ गतेदेखि प्रदर्शनरत छ। फिल्ममा लोकप्रिय प्रकाश सपूत मुख्य भूमिकामा छन्। परदेशीको पीडालाई विषयवस्तु बनाइएको फिल्मका निर्देशक रायमाझी हुन्।

फिल्ममा अन्य कलाकार वर्षा शिवाकोटी, केकी अधिकारी, प्रशान्त तामाङ, दीलिप रायमाझी, नीर शाह, रमा थपलिया, देबेन्द्र बब्लु, सविन बास्तोला, रोशनी कार्की लगायतको अभिनय छ।

रमेश बिजीको कथा तथा पटकथा लेखन रहेको फिल्म मानकृष्ण महर्जनको छायांकन, दीर्घ खड्काको सम्पादन, अष्ट महर्जनको द्वन्द्व निर्देशनमा बनेको छ। शनिबार उपत्यकामा क्यूएफएक्स अन्तर्गत भाटभटेनी भक्तपुर, छाया सेन्टर र लबिम मलमा फिल्मको सो छ।

वान सिनेमाजअन्तर्गत आइप्लेक्स मल र कालीमाटी ट्रेड सेन्टर, आईएनआई सिनेमाअन्तर्गत लोत्से मल र एनबी सेन्टर, बिएसआर मुभिज, सिके सिनेमाज, एफक्यूब सिनेमाज, रञ्जना सिनेप्लेक्समा फिल्मको सो छ।

बासेन्जी

फिल्म ‘बासेन्जी’ असोज २६ गतेदेखि प्रदर्शन भइरहेको छ। यो नेपालमा पहिलोपटक भिडियो गेम शैलीमा बनेको फिल्म हो। यसको निर्देशन अमेरिकी नागरिक इयन स्कट क्लेमेन्टले गरेका हुन्।

फिल्ममा मिथिला शर्मा, सरिता गिरी, असीम निरौला, सुप्रिम राई, मोक्ष अधिकारी, अंकित खड्का, प्रवेश उप्रेती, प्रतीक दुलाल, सुदीपा पाठक, निरु खड्कालगायत कलाकारको अभिनय छ। फिल्म गौरीशंकर इन्टरटेनमेन्टले निर्माण गरेको हो। उपत्यकामा शनिबार रञ्जना सिनेप्लेक्समा फिल्मको एक सो छ।

लियो : ब्लडी स्विट
दक्षिण भारतीय फिल्म ‘लियो : ब्लडी स्विट’ कात्तिक २ गतेदेखि नै नेपाली हलमा प्रदर्शन भइरहेको छ। फिल्मको मुख्य भूमिकामा कलाकार थलापति विजय छन्।

फिल्ममा विजयले लियो पात्रको भूमिका निभाएका छन्। थ्रिलर र एक्सन जनरामा बनेको फिल्ममा थलापति विजयसहित तृषासहित विजय सेतुपति, सञ्जय दत्त, कमल हसन, प्रिया आनन्द, गौतम वासुदेव मेनन, मनसुर अलि खानलगायत कलाकारको अभिनय छ।  लोकेश कनगराजको लेखन तथा निर्देशन रहेको फिल्ममा ललित कुमारले लगानी गरेका छन्।

शनिबार उपत्यकामा क्यूएफएक्स सिनेमाअन्तर्गत भाटभटेनी भक्तपुर, छाया सेन्टर, लबिम मल, सिभिल मलमा फिल्मको सो छ। वान सिनेमाजअन्तर्गत आइप्लेक्स मल र कालीमाटी ट्रेड सेन्टर, आईएनआई सिनेमाअन्तर्गत लोत्से मल र एनबी सेन्टर, एफक्यूब सिनेमाज, बिग मुभिज, क्यूज सिनेमाज, बिएसआर मुभिज, सीडीसी सिनेमाज, सिके सिनेमाज, रञ्जना सिनेप्लेक्स दक्षिण भारतीय फिल्म ‘लियो : ब्लडी स्विट’ चलिरहेको अन्य हल हुन्।

प्रकाशित: २५ कार्तिक २०८० ६:५१

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

one × two =