होण्डाको दशैँमा दश लाख योजना छठ पर्वसम्म उपलब्ध हुने

हिमाल प्रेस २४ कार्तिक २०८० १६:५२
होण्डाको दशैँमा दश लाख योजना छठ पर्वसम्म उपलब्ध हुने

काठमाडौँ– होण्डाको मोटरसाइकल तथा स्कुटरले ल्याएको उपहार योजना ‘दशैँमा दश लाख’मा ग्राहकहरूको उत्साहजनक सहभागिता रहेको छ। कम्पनीले छठ पर्वसम्मको लागि योजनाको अवधि थप गरेको छ।

यो योजनाअन्तर्गत ग्राहकहरूले होण्डाको कुनै पनि मोटरसाइकल तथा स्कुटरको खरिदमा स्क्रयाच कुपन प्राप्त गरी १० लाख नगद जित्न सक्नेछन्। यसका साथै ‘चुज योर स्किम’अन्र्तगत ग्राहकले १० हजारसम्मको थप स्क्रयाच कार्ड पाउन सक्ननेछन्। त्यसका साथै १२ हजार ५०० बराबरको ५ बर्से एएमसी प्याकेज पाउन सक्नेछन्।

कम्पनीले ‘रु. १ फाइनान्स योजना’मा पनि ‘दशैँमा दश लाख’ योजना उपलब्ध गराइरहेको छ। यसका साथै होण्डा बिग बाइकको खरिदमा १ लाखसम्मको आकर्षक छुट पनि उपलब्ध हुनेछ।

स्क्र्याच कुपनमार्फत १० लाखसम्मको नगद पुरस्कार जित्न सकिने यो योजनामा हालसम्म सुनिल सापकोटा, मनोजकुमार शाह, ताराशिरिष थापा मगर, नीरज चौधरी, भरतपुरका हरिप्रसाद पौडेल, शुशीलाकुमारी कार्कीले स्क्र्याच कुपनमा २५ हजार जितेका छन्। साथै यो उपहार योजनाका साथमा १० हजार र पाँच वर्षका लागि मर्मतसम्भारमध्ये कुनै एक रोज्न सकिने अर्को स्क्र्याच कुपन उपहार योजना पनि समावेश छ।

उमेश रायमाझीले भने स्क्र्याच कुपनमार्फत् २५ हजार र थप स्त्र्mयाच कुपन उपहार योजनाबाट थप ७ हजार गरि जम्मा ३२ हजार जितेका छन्। त्यस्तै डिकेश महर्जनले स्क्र्याच कुपनमार्फत् नगद ३० हजार जितेका छन्। यो उपहार योजनाअन्तर्गत नै बिमलबहादुर प्रजापतिले स्क्र्याच कुपनमार्फत् ५० हजार नगद जिते।

सरोज पोख्रेल र प्रेमबहादुर खत्रीले स्क्र्याच कुपनमार्फत् क्रमशः नगद एक लाख र नगद दुई लाख जित्न सफल भए। ‘होण्डा छ साथसाथ’ नाराका साथ कम्पनीले लिएर आएको ‘होण्डा दशैँमा दस लाख’ उपहार योजन अन्तर्गत स्त्र्mयाच कुपनमार्फत अहिले सम्म जितिएको सर्वाधिक ठूलो धनराशि भने ५ लाख रुपैयाँ रहेको छ। धादिङका रामकुमार श्रेष्ठले यस उपहार योजनाअन्तर्गत ५ लाख जितेका हुन्।

प्रकाशित: २४ कार्तिक २०८० १६:५२

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

20 − fourteen =