टीभीएसको आपाचे आरटीआर १६० भीफोर एफआई सार्वजनिक

हिमाल प्रेस २४ कार्तिक २०८० १६:४२
टीभीएसको आपाचे आरटीआर १६० भीफोर एफआई सार्वजनिक

कात्तिक– टीभीएस मोटर कम्पनीले नेपाली बजारमा शक्तिशाली फ्युल इन्जेक्टेड १५९.७ सीसी इन्जिनका साथमा श्रेणीकै पहिलो रोइड मोड्स, टीभीएस स्मार्ट कनेक्ट र ग्लाइड थ्रो प्रविधिलगायत विशेषता भएको आपाचे आरटीआर १६० भीफोर एफआई सार्वजनिक गरेको छ।

नयाँ संस्करणमा हरेक मौसम र बाटोको अवस्थालाई विशेष ध्यानमा राखी राइड मोड्सका साथै रेस इनेबल्ड कनेक्टिभिटीका लागि टीभीएस स्मार्टएक्स कनेक्टको सुविधासमेत उपलब्ध गरिएको छ।

नयाँ टीभीएस आपाचे आरटीआर १६० भीफोर एफआईले टीभीएसको परिधिभन्दा माथि उठेर आफ्ना उपभोक्तालाई तिनका आवश्यकताअनुसार रेसिङ परफरमेन्स सुविधासहित विशेषतहः दैनिक कार्यमा यात्रा गरिरहनुपर्ने जागिरे वर्गलाई ध्यानमा राखी नविन उत्पादन उपलब्ध गराउने प्रतिबद्धता प्रदर्शित गरेको छ।

बजारमा उपलब्ध श्रेणीकै सर्वाधिक शक्तिशाली मोटरसाइकलका रुपमा टीभीएस आपाचे आरटीआर १६० भीफोर एफआईले ट्राफिक तथा हाइवेको यात्रामासमेत स्मूथ र आरामदायी यात्राको सुनिश्चितता दिनेछ।

सार्वजनिक नयाँ मोटरसाइकल टीभीएस आपाचे आरटीआर १६० भीफोर एफआइका बारेमा बोल्दै टीभीएस मोटर कम्पनीका कन्टिनेन्ट हेड, एम जे ठङगाराजनले भने ,‘नेपाल हाम्रा लागि एक प्रमुख बजारका रुपमा रहेको छ। हामीले विशेष प्राथमिकताका साथ दुई तथा तीन पाङ्ग्रेका रेञ्जमार्फत उपभोक्तालाई निरन्तर खुशी प्रदान गर्दै आइरहेका छौँ। २०२४ टीभीएस आपाचे आरटीआर १६० भीफोर एफआई सार्वजनिक गर्दै नेपाली राइडर्सका लागि वल्र्ड क्लास अफरिङ प्रदान गर्ने हाम्रो उद्देश्यमा थप एक नयाँ पाइला हो। परफरमेन्स मोटरसाइकलका पारखी नेपाली उपभोक्तालाई नयाँ मोटरसाइकलले थप सन्तुष्टि प्रदान गर्दै कम्पनी प्रतिको माया तथा विश्वास बढाउन सघाउनेमा हामी विश्वस्त छौँ।’

सार्वजनिक नयाँ मोटरसाइकलका बारेमा बोल्दै टीभीएस मोटर कम्पनीका हेड बिजनेस–प्रिमियम, बिमल सम्ब्लिले भने, ‘टीभीएस मोटर कम्पनी आफ्नो रेसिङ पेडिग्रीको चार दशक भन्दा लामो अनुभव संगालेर ट्रयाक टू रोड अवधारणाका साथ सदैव आफ्ना उपभोक्ताको आशामा सबल रहन प्रयासरत रहन्छ। नयाँ २०२४ टीभीएस आपाचे आरटीआर १६० भीफोर एफआई मोटरसाइकलले नेपाली बजारमा नयाँ किर्तिमान स्थापना गर्ने कुरामा हामी विश्वस्त छौँ। यसमा समायोजन गरिएका नयाँ विशेषता तथा अभूतपूर्व परफरमेन्सले मूल्यको सही प्रतिफल प्रदान गर्दै नेपाली राइडर्सका लागि उत्सुकता पस्कने छ भन्ने हाम्रो विश्वास छ। हाम्रा समस्त विक्री तथा सेवाका टिमलाई नयाँ फ्युल ईन्जेक्शन प्रविधिका बारेमा राम्रो तालिम दिइएको छ। यसले गर्दा नयाँ मोटरसाइकलले उपभोक्तालाई समग्र सन्तुष्टि र उत्साहजनक अनुभव प्रदान हुनेछ।’

टीभीएस आपाचे आरटीआर १६० भीफोर एफआई मोटरसाइकल आकर्षक रेस ग्राफिक्सका साथै नयाँ हेडल्याम्प्सका साथमा उपलब्ध गरिएका छन्। मोटरसाइकलमा ईन्जिनको जीवन अवधिभर हरेक ड्राइभिङ अवस्थामा रमाइलो यात्राको सुनिश्चितताका लागि रेस ट्युन्ड फ्य्ल इन्जेक्शन आरटीएफआई प्रविधि जडान गरिएको छ। नयाँ मोटरसाइकलमा ब्युल्टइन फस्र्ट ईन सेग्मेन्ट जीटीटी प्रविधि, ग्लाइड थ्रो ट्राफिक जडान गरिएको छ। यसले भिड सहितको सडकमा कम गतिको राइडमा अत्यधिक स्मूथ, आरामदायी र नियन्त्तण सहितको राइड प्रदान गर्छ। सहरी सडकमा बढ्दो चापका कारण यो फिचर नेपाली उपभोक्ता माझ सान्दर्भिक हुनका साथै निकै लोकप्रिय हुने देखिन्छ।

साथै नयाँ मोटरसाइकलमा फेदर टप स्टार्ट, वेभ बाइट ईग्निशन कि र नयाँ एयरोडायनामिक क्ल मिरर्स लगायत रोमाञ्चक फिचर्सपनि उपलब्ध रहेका छन्। त्यसैगरी नयाँ मोटरसाइकलमा थप हल्का तर सुदृढ कार्य क्षमता सहितको बुलपप् एक्जस्टपनि जडान गरिएको छ।

यसमा जडिट अत्याधुनिक फ्युल इन्जेक्शन प्रणालीमार्फत बाइकलले १७.५५ पीएसको शक्ति र १४.७३ एमएमको टर्क उत्सर्जन गर्ने क्षमता राख्छ। श्रेणीमै पहिलो पटक उपलब्ध गरिएको थ्री राइड मोड (अर्बन, रेन र स्पोर्ट्स मोड) मार्फत राइडरले मौसमको अवस्था र बाटो हेरि अनुकुल इन्जिन परफरमेन्स तथा एबीएस प्रतिक्रियाको छनोट गर्न सक्छन्।

आरटीआर ओभरस्क्वायर इन्जिनद्वारा सन्चारित टीभीएस आपाचे आरटीआर फाइभ स्पिड गियरबक्सका साथमा जडित १६० फोरभी एफआई फ्य्ल इन्जेक्टेड १५९.७ सीसी सिंगल सिलिन्डर फोर भल्भ एसओएचसी आयल कुल्ड मोटरले १७.५५ पीएसको अधिकतम शक्ति ९ हजार २५० आरपीएममा र १४.७३ एनएम पिक टर्क, ७ हजार २५० आरपीएममा उत्पादन गर्ने क्षमता राख्छ। जगदम्बा मोटर्स प्रालि नेपालमा टिभिएसका दुई पांग्रे सवारी साधनका लागि एक मात्र आधिकारिक वितरक हो।

प्रकाशित: २४ कार्तिक २०८० १६:४२

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

17 + twelve =