इजराइल-हमास युद्धमा ३१ पत्रकारको मृत्यु

हिमाल प्रेस १४ कार्तिक २०८० १९:२९
4
SHARES
इजराइल-हमास युद्धमा ३१ पत्रकारको मृत्यु फाइल तस्बिर : एपी

तेल अविव (इजराइल)- अक्टोबर ७ यता इजराइल–हमास युद्धमा ३१ पत्रकार मारिएको पत्रकारहरूको सुरक्षाका लागि गठित समितिले पुष्टि गरेको दि टाइम्स अफ इजराइलले बताएको छ।

मारिने पत्रकारहरूमा २६ प्यालेस्टिनी, ४ इजराइली र १ लेबनानी रहेका छन्। यसका अतिरिक्त ८ पत्रकार घाइते भएका छन् भने ९ जना हराएका वा पक्राउ परेका छन्।

कमिटी टु प्रोटेक्ट जर्नालिस्ट्स (सीपीजे) को प्रतिवेदन उद्धृत गर्दै टाइम्स अफ इजराइलले पत्रकारहरूले लगातार हमला, पक्राउ, धम्की, सेन्सरसिप र परिवारका सदस्यको हत्याको सामना गर्नुपरिरहेको बताएको छ।

ती पत्रकारहरूमध्ये २६ जना गाजामा र तीमध्ये पनि अक्टोबर ७ मा इजराइलमा हमासको हमलाका क्रममा ४ जना मारिएका थिए। हिज्बुल्लाहलाई लक्षित गरी गरिएको इजराइली गोलाबारीमा लेबनानमा १ पत्रकारको मृत्यु भएको थियो।

‘सीपीजेले अन्य पत्रकारहरू मारिएको, बेपत्ता बनाइएको, हिरासतमा राखिएको, चोटपटक वा धम्की दिइएको र मिडिया कार्यालयहरू तथा पत्रकारहरूको घरमा क्षति पुर्‍याएको धेरै अपुष्ट रिपोर्टहरूको पनि अनुसन्धान गरिरहेको छ,’ सीपीजेले भनेको छ।

‘पत्रकारहरू संकटको बेला महत्त्वपूर्ण काम गर्ने नागरिक हुन् र उनीहरूलाई युद्धरत पक्षहरूले निशाना बनाउन हुँदैन भन्नेमा सीपीजे जोड दिन्छ,’ सीपीजेको मध्यपूर्व तथा उत्तर अफ्रिका कार्यक्रम संयोजक सेरिफ मन्सुरले भने। रासस/एएनआई

प्रकाशित: १४ कार्तिक २०८० १९:२९

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

17 + eight =