हेटौँडा सिमेन्टको उत्पादन पुनः बन्द

हिमाल प्रेस १३ कार्तिक २०८० ११:३२
हेटौँडा सिमेन्टको उत्पादन पुनः बन्द

मकवानपुर- हेटौँडा सिमेन्ट उद्योगले समयमा कोइला खरिद गर्न नसक्दा आफ्नो उत्पादन पुन: बन्द गरेको छ। यस उद्योगमा मासिक ३,६०० मेट्रिक टन कोइला खपत हुने गर्दछ।

उद्योगका महाप्रबन्धक वसन्तराज पाण्डेले बडादसैँको बिदा हुनुअघिसम्म उद्योग सञ्चालनमा रहेको र त्यस अवधिमा तीन लाख बोरा सिमेन्ट उत्पादन भएको जानकारी दिए।

उनले आर्थिक संकटका कारण बाह्य मुलुकबाट कोइला खरिद गर्न नसकिएको हुँदा सिमेन्ट उत्पादन बन्द गरिएको बताए। पाण्डेले आर्थिक संकटबारे उद्योग तथा आपूर्तिमन्त्री र सचिवलाई जानकारी गराइएको र केही आर्थिक अनुदान उपलब्ध भएमा उद्योगलाई पुनः सञ्चालनमा ल्याइने बताए।

३ लाख बोरा सिमेन्ट काठमाडौँलगायतका विभिन्न सहरमा बिक्री वितरण तयारी गरिएको र यसको आम्दानी कोइला खरिद लगाइने उद्योगले जनाएको छ।

चार दशक पुरानो उद्योगका मेसिन जीर्ण हुँदै गएकाले उत्पादन गर्न कठिनाइ भएको र उत्पादित सिमेन्ट सबै सहरमा बिक्री वितरण गर्न समस्या भएको जनाइएको छ।

विसं २०३३ मा स्थापित उद्योगले विसं २०४३ साल मङ्सिर २६ गतेबाट व्यावसायिक रूपमा उत्पादन सुरु गरेको थियो। उद्योगमा ३९० कर्मचारी कार्यरत रहेका छन्।

– रासस

प्रकाशित: १३ कार्तिक २०८० ११:३२

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ten + seven =