पोखरामा बस दुर्घटना हुँदा ३५ यात्रु घाइते

हिमाल प्रेस १२ कार्तिक २०८० २०:०२
20
SHARES
पोखरामा बस दुर्घटना हुँदा ३५ यात्रु घाइते

पोखरा- पोखरा-२२, घैयाँखेतमा नगर बस दुर्घटना हुँदा ३५ जना यात्रु घाइते भएका छन्।

पोखरा-१७, छोरेपाटनबाट आइतबार दिउँसो पोखरा-२२, पुम्दीभुम्दीस्थित शान्तिस्तुप जाँदै गरेको ग१ख ८५८५ नम्बरको नगर बस सडकबाट करिब २० मिटर तल खसेर दुर्घटनाग्रस्त भएको हो।

घाइते ३५ जनाको पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचार भइरहेको छ। घाइतेमध्ये ३ जनाको अवस्था गम्भीर रहेको प्रतिष्ठानका निर्देशक प्राडा भरतबहादुर खत्रीले बताए।

वडा प्रहरी कार्यालय बैदामका डीएसपी रमेश श्रेष्ठले चालक तनहुँका ३० वर्षीय रमेश विकलाई नियन्त्रणमा लिइएको जानकारी दिए।

प्रकाशित: १२ कार्तिक २०८० २०:०२

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

four + 17 =