रेल्वे स्टेसन क्षेत्रबाट पेस्तोलसहित भारतीय युवती पक्राउ

हिमाल प्रेस ८ कार्तिक २०८० ८:३३
28
SHARES
रेल्वे स्टेसन क्षेत्रबाट पेस्तोलसहित भारतीय युवती पक्राउ सांकेतिक तस्बिर

जनकपुरधाम– जनकपुरस्थित रेल्वे स्टेसन क्षेत्रबाट एकजना भारतीय युवती पेस्तोलसहित पक्राउ परेकी छन्।

रेल्वे स्टेसनको सुरक्षार्थ खटिएको सशस्त्र प्रहरी बलको टोलीले ती युवतीलाई पक्राउ गरेको हो। भारतको बिहारस्थित लकीसराई ग्रामपञ्चायतकी पूजाकुमारी सहनीलाई पक्राउ गरिएको धनुषा प्रहरीले जनाएको छ।

प्रहरीका अनुसार ती युवतीको साथबाट कटुवा पेस्तोलसहित एउटा भारतीय कम्पनीको मोबाइल सिमकार्ड र केही नेपाली रुपैयाँ बरामद गरिएको छ।

सुरक्षाकर्मीको टोलीले रेल्वे स्टेसन नजिकैको हनुमान मन्दिरमा सुरक्षा जाँच गर्दा उनलाई पक्राउ गरिएको थियो। यस सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

प्रकाशित: ८ कार्तिक २०८० ८:३३

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

two + fourteen =