राष्ट्रपतिको कामना : न्याय र समानतासहितको आर्थिक समृद्धि प्राप्त होस्

हिमाल प्रेस ७ कार्तिक २०८० ६:५९
2
SHARE
राष्ट्रपतिको कामना : न्याय र समानतासहितको आर्थिक समृद्धि प्राप्त होस् राष्ट्रपति रामचन्द्र पौडेल।

काठमाडौँ- राष्ट्रपति रामचन्द्र विजया दशमी २०८० का अवसरमा देशविदेशमा रहेका नेपालीमा सुख, शान्ति, समृद्धि, सुस्वास्थ्य, दीर्घायु, एवं उत्तरोत्तर प्रगतिका लागि शुभकामना व्यक्त गरेका छन्।

राष्ट्रपति पौडडेलले सत्यको विजय र आसुरी चरित्रको पराजय, दुराचारमाथि सदाचारको जित, आपसी सद्भाव, भ्रातृत्व र पुनर्मिलनको प्रतीक पनि भएकाले यस पर्वले विकृति, विसंगति अन्त्य गर्दै सामाजिक सद्भाव, एकता, मेलमिलाप र भ्रातृत्वको अभिवृद्धि गर्न हामी सबैलाई प्रेरित गर्ने छ भन्ने विश्वास व्यक्त गरेका हुन्।

यस पर्वले सबै नेपालीलाई आआफ्नो क्षेत्रबाट न्याय र समानतासहितको आर्थिक समृद्धि प्राप्त गर्ने सामर्थ्य प्रदान गरोस् भन्ने पनि पौडेलले कामना गरेका छन्।

‘हाम्रो मुलुकमा परम्परागत रूपमा हर्षाेल्लासपूर्वक मनाउने गरिएका यस्ता चाडपर्वले भौगोलिक, सांस्कृतिक र भाषिक विविधताबीच रहेको हाम्रो मौलिकतालाई थप सुदृढ गर्नुका साथै सांस्कृतिक एकता र पहिचानलाई अक्षुण्ण राख्न पनि थप योगदान गरिरहेका छन्’, राष्ट्रपति पौडेलले शुभकामना सन्देशमा भनेका छन्, ‘बडादसैँ पर्वको संरक्षण एवं संवर्धनबाट राष्ट्र र राष्ट्रियताप्रति अटल सम्मान र गहिरो प्रेमको भावना जागृत गर्न सहयोग पुग्न सक्छ भन्ने मलाई लाग्छ।’

उनले नयाँ उत्साह, उमंग, असल कामलाई हौसला प्रदान गर्न र सकारात्मक ऊर्जा थप्ने प्रेरणा देओस् भन्ने कामना पनि गरेका छन्। रासस

प्रकाशित: ७ कार्तिक २०८० ६:५९

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

eighteen − six =