चार लाख ६६ हजारले छाडे काठमाडौँ

हिमाल प्रेस ३ कार्तिक २०८० १४:०२
26
SHARES
चार लाख ६६ हजारले छाडे काठमाडौँ अरनिको राजमार्ग हुँदै शुक्रबार पूर्वतर्फ लागेका भाडाका बस। तस्बिर : दिपेश श्रेष्ठ

काठमाडौँ– दसैँको मुख्य दिन नजिकिएसँगै उपत्यका छाड्ने यात्रुको संख्या बढिरहेको छ। पछिल्लो २४ घण्टामा एक लाखले उपत्यका छाडेका छन्।

बिहानसम्मको अद्यावधिक विवरणअनुसार सार्वजनिक सवारीसाधनमार्फत पछिल्लो २४ घण्टामा एक लाख यात्रु बाहिरिएका काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक राजेन्द्रप्रसाद भट्टले बताए।

योसँगै घटस्थापनापछि कुल चार लाख ६६ हजार नागरिक दसैँ मनाउन काठमाडौँ उपत्यका छाडेर गएका उनले जानकारी दिए।

घटस्थापनापछि क्रमशः उपत्यकाबाट बाहिरिने नागरिकको संख्या बढ्न सुरु भएकामा पछिल्लो तीन दिनदेखि अत्यधिक रूपमा बढेको भट्टले जानकारी दिए। उनका अनुसार घटस्थापनाको दिन असोज २८ गते ५१ हजार दुई सय ७९ र त्यसको भोलिपल्ट ५१ हजार तीन सय ८७ जनाले उपत्यका छाडेकामा त्यसपछि भने त्यो संख्या बढेको हो।

असोज ३० गते ७३ हजार आठ सय ९६, कात्तिक १ गते ९१ हजार एक सय दुई र २ गते ९८ हजार तीन सय ३२ जनाले उपत्यका छाडेका छन्। निजी सवारीसाधनमार्फत जानेहरूको संख्या गणना नहुने भएकाले अझै धेरै संख्यामा नागरिक उपत्यका छाडेको प्रहरीले जनाएको छ।

प्रकाशित: ३ कार्तिक २०८० १४:०२

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

one × one =