बेल्ट एन्ड रोड वास्तविक रेखाचित्रमा रूपान्तरण : राष्ट्रपति सी चिनफिङ

अजय अलौकिक १ कार्तिक २०८० १७:१५
6
SHARES
बेल्ट एन्ड रोड वास्तविक रेखाचित्रमा रूपान्तरण : राष्ट्रपति सी चिनफिङ

बेइजिङ– तेस्रो बेल्ट एन्ड रोड अन्तर्राष्ट्रिय सहयोग शिखर मञ्चको उद्घाटन समारोह अक्टोबर १८ तारिख बेइजिङमा आयोजना गरिएको छ, जहाँ चीनका राष्ट्रपति सी चिनफिङले मुख्य वक्ताका रूपमा सम्बोधन गरेका छन्।

राष्ट्रपति सीले बेइजिङस्थित ग्रेट हल अफ द पिपुलमा आयोजित उद्घाटन समारोहलाई सम्बोधन गर्दै १० वर्षयता हातमा हात मिलाएर बेल्ट एन्ड रोड अन्तर्राष्ट्रिय सहयोग जन्मपछि प्रशस्त उपलब्धिहरू हासिल गर्दै अघि बढिरहेको बताए।

बेल्ट एन्ड रोड सहयोगले फ्री ह्यान्ड चित्रकारितादेखि सावधानीपूर्वक चित्रकारिता अवधिमा प्रवेश गरेर योजनाको रेखाचित्रलाई वास्तविक रेखाचित्रमा रूपान्तरण गरेको र ठूलो संख्यामा ल्यान्डमार्क परियोजना र साना तर सुन्दर परियोजनालाई व्यवहारमा उतारिएको पनि राष्ट्रपति सीले औँल्याए।

राष्ट्रपति सीले दस वर्षयता आर्थिक करिडोरको नेतृत्वमा प्रमुख च्यानल र सूचना राजमार्ग, रेलमार्ग, राजमार्ग, विमानस्थल, बन्दरगाह, पाइपलाइन नेटवर्कसमेत स्थल, समुद्र, हवाईलगायत विश्वव्यापी अन्तरसम्बन्ध सञ्जाल निर्माण गर्न प्रतिबद्ध रहेको बताए। यसले विभिन्न मुलुकका सामान, पुँजी, प्रविधि, मानवीय आदानप्रदानलाई प्रभावकारी रूपमा बढाएर हजारौँ वर्षदेखि चलेको प्राचीन सिल्क रोडलाई नयाँ युगमा पुनर्जीवित गर्न प्रवर्द्धन गरेको उनको भनाइ छ।

‘बेल्ट एन्ड रोडको निर्माण गर्न सबैले समर्थन गर्नुपर्छ’ सीले भने, ‘आफूले मात्र राम्रो जीवन बिताउने होइन अरूलाई पनि राम्रो जीवन बिताउन दिने हो। अन्तर्सम्पर्क, आपसी हितयुक्त सहयोग र साझा विकास गर्ने हो। वैचारिक टकराव, भूराजनीतिक खेल, गुटको राजनीतिक घर्षणमा संलग्न हुने होइन बरू एकपक्षीयता, आर्थिक बल प्रयोग विभाजनको विरोध गर्ने हो।’

राष्ट्रपति सी चिनफिङले चीनले उच्च गुणस्तरीय बेल्ट एन्ड रोड सहयोगलाई समर्थन गर्न आठ प्रमुख कदम चाल्ने बताएका छन्।

१. बहुआयामिक बेल्ट एन्ड रोड कनेक्टिभिटी नेटवर्क निर्माण गर्ने
२. खुला विश्व अर्थतन्त्रलाई समर्थन गर्ने
३. उच्च गुणस्तरको बेल्ट र रोड निर्माण समर्थन गर्न व्यावहारिक सहयोग गर्ने
४. हरित विकासको प्रवर्द्धन
५. उन्नत वैज्ञानिक र प्राविधिक नवीनता
६. जनस्तरको आदानप्रदानलाई समर्थन गर्ने
७. अखण्डतामा आधारित बेल्ट एन्ड रोड सहयोगलाई बढावा दिने
८. अन्तर्राष्ट्रिय बेल्ट एन्ड रोड सहकार्यका लागि संस्थागत निर्माणलाई मजबुत बनाउने

अर्थात् चीनले बेल्ट एन्ड रोड त्रिआयामिक अन्तरसम्बन्ध नेटवर्कको रचना गर्ने, खुला विश्व अर्थतन्त्रको निर्माण गर्न समर्थन गर्ने, व्यावहारिक सहयोग गर्ने, हरित विकासलाई प्रबर्द्धन गर्ने, विज्ञान तथा प्रविधिको नवीन सिर्जना गर्ने, जनस्तरीय आवत-जावतको समर्थन गर्ने, अखण्डताको बाटो अपनाउने, बेल्ट एन्ड रोड अन्तर्राष्ट्रिय सहयोग प्रणालीको सुधार गर्ने विषयको समर्थन गर्नेछ।

यसैबीच अक्टोबर १७ तारिख चीनका राष्ट्रपति सी चिनफिङ र श्रीमती फङ ली युआनले जन बृहत् सभा भवनमा तेस्रो ‘बेल्ट एन्ड रोड’अन्तर्राष्ट्रिय सहयोग शिखर मञ्चमा सहभागी अन्तर्राष्ट्रिय अतिथिहरूलाई स्वागत भोजको आयोजना गरेका थिए।

सो स्वागत भोजमा राष्ट्रपति सीले मन्तव्य दिँदै बेल्ट एन्ड रोडमार्फत् १० वर्षयता चीनले विभिन्न साथीसँग शान्तिपूर्ण सहयोग, खुला र सहनशीलता, आपसी सिकाइ र साझा विजयको सिल्क रोड भन्ने भावना अपनाएर संयुक्त रूपमा अन्तर्राष्ट्रिय आर्थिक सहयोग गर्न चौतारोको स्थापना गरेको र विश्व आर्थिक वृद्धिका लागि ऊर्जा दिएको बताएका थिए।

हजारौँ सहयोग परियोजनालाई अघि बढाएर फलदायी उपलब्धि हासिल गरेको भन्दै सीले यी उपलब्धि विभिन्न मुलुकका सरकार, व्यवसाय र जनताको मिहिनेत, बौद्धिकता र साहसिक प्रयासबाट हासिल भएको बताए।

स्वागत भोजपछि सी चिनफिङ र श्रीमती फङ ली युआन तथा अतिथिहरूले ‘सिल्क रोडमा सँगसँगै जाने’नामक सांस्कृतिक प्रदर्शनी हेर्दै ‘बेल्ट एण्ड रोड’मुलुकका रंगीन सभ्यताको अनुभव पनि गरेका थिए।

प्रकाशित: १ कार्तिक २०८० १७:१५

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

fifteen + 11 =