ऊर्जा विषयमा छलफलका लागि साउदी भ्रमणमा सी

हिमाल प्रेस २१ मंसिर २०७९ २०:४९
10
SHARES
ऊर्जा विषयमा छलफलका लागि साउदी भ्रमणमा सी साउदी भ्रमणमा सी। फाइल तस्बिर

काठमाडौँ– चीनका राष्ट्रपति सी चिनफिङ बुधबार साउदी अरब भ्रमणमा गएका छन्। ऊर्जाका विषयमा छलफलका लागि उनी साउदी भ्रमणमा गएका हुन्।

संयुक्त राज्य अमेरिकासँगको व्यापार र ताइवानबारे महिनौँसम्मको तनावपछि उनी साउदी भ्रमणमा निस्किएका हुन्।

विश्वको दोस्रो ठूलो अर्थतन्त्रका नेताका रूपमा चिनिएका सी तीन दिने भ्रमणका लागि साउदी भ्रमणमा गएका हुन्।

रियादमा उनको न्यानो स्वागतको अपेक्षा चीनले गरेको छ। राष्ट्रपति सीको भ्रमणको विषयलाई साउदीका सञ्चारमाध्यमहरूले विशेष महत्त्व दिएर प्रकाशन गरेका छन्।

कोभिड संक्रमण र युक्रेन युद्धका कारण देखिएको विश्वव्यापी आर्थिक उथलपुथल साथै भूराजनीतिक पुनःमिलनको समयमा आफ्नो सम्बन्ध विस्तार गर्न दुवै मुलुक उत्सुक देखिएका छन्।

कोरोना भाइरस महामारी सुरु भएयता सीको यो तेस्रो विदेश यात्रा हो। साउदी प्रेस एजेन्सीका अनुसार सन् २००५ देखि २०२० को बीचमा अरब विश्वमा चिनियाँ लगानीको २० प्रतिशतभन्दा बढी हिस्सा साउदी अरबले ओगटेको थियो।

विशेष गरी फेब्रुअरीमा रूसले युक्रेनमा आक्रमण गरेपछि बजारले अनुभव गरेको अशान्तिलाई ध्यानमा राख्दै चीन र साउदी अरबबीचको वार्ताका लागि तेल बजार प्रमुख विषय हुने अपेक्षा गरिएको छ।

प्रकाशित: २१ मंसिर २०७९ २०:४९

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

eight + 3 =