सी चिनफिङले कालो मेहन्दी नलाउनुको राजनीतिक कारण

हिमाल प्रेस ४ चैत २०७९ १७:२३
82
SHARES
सी चिनफिङले कालो मेहन्दी नलाउनुको राजनीतिक कारण

काठमाडौँ– विश्‍व राजनीतिमा सबैभन्दा नीरस नेता कसलाई मान्ने? सायद हु जिन्ताओलाई। किनभने चीनका पूर्वराष्ट्रपति हुले सार्वजनिक रूपमा जम्मा एकपल्ट मजाक गरेको पाइन्छ।

त्यो पनि सन् २००७ मा अमेरिका भ्रमणको बेला। हुसँग न्युजर्सीका तत्कालीन गर्भनर जेम्स म्याकग्रिभीले ठट्टा गर्दै जिज्ञासा राखेका थिए, ‘तपाईंलाई त ५९ वर्षको जस्तो देखिँदैन नि।’

म्याकग्रिभीले त्यसो भन्नुको कारण थियो, हुको नफुलेको कपाल। ‘कपाल कालो राखिराख्ने प्रविधि चीनसँग छ। सायद हामी यो प्रविधिबारे विश्‍वलाई बुझाउन सक्छौँ,’हुले पनि ठट्टामै जवाफ दिएका थिए।

हु फुलेको कपालमा कालो मेहन्दी लगाउँथे। अरू चिनियाँ नेता पनि त्यसै गर्थे। अहिले पनि चिनियाँ नेता कालो मेहन्दी लगाउँछन्। तर किन? यसको कारण राजनीतिक होइन। चिनियाँ कम्युनिस्ट दर्शनसँग केही लेनादेना छैन। दशकौँदेखि यो चलन चल्नुको कारण हो, चिनियाँ नेतालाई ऊर्जावान् देखाउने प्रयास।

चौथो शताब्दीमा चिनियाँ दार्शनिक मेनसियस के भन्थे, ‘कपाल फुलेकालाई काममा लगाउने होइन, आराम गर्न दिने हो।’

चिनियाँ समाजमा अहिले पनि कपाल फुलेकाले देश चलाउनु हुँदैन भन्ने मान्यता छ। एक चिनियाँ ‘हेयर ड्रेसर’ले गरेको अनुमानअनुसार, चिनियाँ नेताहरू कम्तीमा १०-१० दिनमा कपाल कालो बनाउँछन्।

चिनियाँ राजनीतिमा फुलेको कपाल भएका नेतालाई अवकासप्राप्त मानिन्छ। वा बलपूर्वक राजनीतिबाट हटाइएको। सन् २०१५ मा चिनियाँ कम्युनिस्ट पार्टीको पोलिटब्युरोबाट निकालिएका झाउ योङकाङ अदालतमा उपस्थित हुँदा उनको कपाल पूरै सेताम्मे थियो।

योङकाङ चिनियाँ राष्ट्रपति सी चिनफिङको भ्रष्टचार उन्मूलन अभियानको पहिलो ‘हाई प्रोफाइल’सिकार थिए।

चीनका अर्का पूर्वराष्ट्रपति जियाङ जेमिनले ९० वर्ष पुगिसक्दा पनि कपालमा कालो मेहन्दी लगाउँथे। उनी फुलेको कपालमा कहिल्यै सार्वजनिक कार्यक्रममा सहभागी भएनन्। कपाल रंगाएर मात्र बाहिर निस्कनुको सन्देश थियो, जियाङ चिनियाँ राजनीतिमा अझै शक्तिशाली छन्।

आजको चीनमा केही पुराना चलन संकटमा छन्। जस्तै, माओ जेदोङको अवसानपछि स्थापित सामूहिक नेतृत्वको अवधारणा। त्यही अवरधराणअन्तर्गत रहेर, कुनै नीति लागु हुनुअघि राज्य परिषद्मा छलफल गरिन्थ्यो। हु जिन्ताओ यो पक्षमा निकै ध्यान दिन्थे।

उनी र राज्य परिषद्का अन्य आठ नेता उस्तै ढंगमा कपालमा कालो मेहन्दी लगउँथे। ताकि सबै नेता बराबर हुन् भन्ने सन्देश जाओस्।

चिनियाँ समाजमा अहिले पनि कपाल फुलेकाले देश चलाउनु हुँदैन भन्ने मान्यता छ। एक चिनियाँ ‘हेयर ड्रेसर’ले गरेको अनुमानअनुसार, चिनियाँ नेताहरू कम्तीमा १०-१० दिनमा कपाल कालो बनाउँछन्।

हु जिन्ताओ नेतृत्वको राज्य परिषद्मा समस्या नआउने गरेका होइनन्। प्रत्येक नेतालाई भिटो पावर दिइएको हुँदा कतिपय विषयमा निर्णय गर्न सकिँदैन थियो। जब सी चिनिफिङ सन् २०१२ मा पार्टी महसचिव र राष्ट्रपति बने तब राज्य परिषद् सदस्यको संख्या नौबाट सातमा झारियो।

सबैजसो शक्तिशाली समितिका प्रमुख उनी आफैँ बने। ६ वर्षपछि संविधान संशोधन गराए र चाहेको समयसम्म राष्ट्रपति बन्ने बाटो खुला गरे। जबकि जियाङ जेमिन र हु जिन्ताओ दुई कार्यकाल मात्र राष्ट्रपति बनेका थिए।

सन् २०१९ मा सी चिनफिङले अर्को एउटा परम्पार भत्काए। त्यो थियो, लगभग आधा फुलेकै कपालमा सार्वजनिक कार्यक्रममा उपस्थिति।

चीनको घरेलु सञ्चारमाध्यमका लागि यो विषय समाचार बनेन। तर पश्‍चिमा सञ्चारमाध्यमले भने यसबारे निकै टिप्पणी गरे। उनीहरूको जिकिर थियो, अब सीले आफूलाई अरू नेताभन्दा फरक मान्न थालेका छन्। राज्य परिषद्का अन्य सदस्यलाई आफू उनीहरूभन्दा माथि रहेको सन्देश दिएका छन्।

सन् १९६० र ७० को दशकमा चीनियाँ नेताहरूसँग गहिरो संगत गरेका पत्रकार हुङ हुवाङले सी चिनफिङको यो शैलीबारे टिप्पणी गरेका छन्।

‘चीनमा उपल्लो स्तरका नेता, विशेषगरी राज्य परिषद्का सदस्यले एकै प्रकारले कपालमा कालो मेहन्दी लगाउनुको राजनीतिक सन्देश थियो- एकता र सामूहिक नेतृत्वको। तर अब सी चिनफिङ आफू अरूभन्दा अलग रहेको सन्देश प्रवाह गर्न चाहन्छन्। वा उनलाई लाग्न थालेको छ, कुनै पनि परम्परा मभन्दा माथि छैनन्,’हुवाङले भनेका छन्।

यस्तोमा प्रश्‍न उठ्छ- के राष्ट्रपति सी चिनफिङको आधा फुलेको कपालले चीनमा सामूहिक नेतृत्वको अन्त्य भएको सन्देश दिइरहेको छ? यसको जवाफ अनुमान गर्ने समय भइसकेको छैन। तर म के अनुमान गर्न चाहन्छु भने, सी चिनफिङले आफ्ना सबै कपाललाई सेतो नै रहन दिने छैनन्। रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले जस्तो एकल निर्णयमा देश चलाउने मनसाय बोकिहाले पनि उनले कपालमा कालो महेन्दी भने लगाउनेछन्। किनभने नेताले कपालमा कालो मेहन्दी लगाउने नियम संविधानमा उल्लेख नभएको अलिखित धारा हो।

चीनमा कम्युनिस्ट पार्टीको कुनै पनि परम्परालाई तल्लो स्तरसम्मै मानिन्छ। सन् २०१७ देखि २०२२ सम्म शानडोङ विश्‍वविद्यालयको राजनीतिशास्त्र विभागको डीन भएर काम गरेकाले पनि म यो दाबी गर्नसक्छु। म जुन पदमा रहेर काम गरे, त्यो पद सामन्यतया कम्युनिस्ट पार्टीका नेताका लागि छुट्याएर राख्ने गरिन्छ। यसो गर्नुको कारण हो, चीनमा रहेको राजनीतिक संवेदनशीलता।

यति हुँदाहुँदै पनि मलाई भने त्यो जिम्मेवारी दिइयो। जबकि म चिनियाँ नागरिक पनि होइन। क्यानडामा जन्मिएको, हुर्किएको म कम्युनिस्ट पार्टीको सदस्य होइन। मेरो विभागमा हरेक जसो निर्णय सामूहिक हुने गर्‍थ्यो। सामूहिक निर्णय गर्न ४ सहायक डीन र तीन स्थानीय पार्टी सचिव थिए। हामी कहिलेकाहिँ मजाक गर्‍थ्यौं, यो सामूहिक नेतृत्वको उदाहरण हो।

सी चिनफिङ वा अन्य नेताको जस्तो निश्‍चित पोशाक थिएन हाम्रो। तर कपाल कालो बनाउने नियम भने हाम्रा लागि पनि बाध्यकारी थियो। मचाहिँ कपाल खैरो बनाउँथे। किनभने कालो कपालले मलाई सुहाउँदैन थियो। खैरो कपालले मलाई प्राकृतिक देखाउँथ्यो। हुन त कपाल ‘डाई’ गर्नु मेरो बाध्यता थियो। ३९ वर्षको उमेरबाटै म यसो गर्थें। त्यसबेला म सिटी युनिभर्सिटी अफ हङकङमा पढाउने गर्थें।

सन् १९६० र ७० को दशकमा चीनियाँ नेताहरूसँग गहिरो संगत गरेका पत्रकार हुङ हुवाङले सी चिनफिङको यो शैलीबारे टिप्पणी गरेका छन्।

मेरी चिनियाँ सासु मेरा कतिपय बाध्यताबारे जानकार थिइन्। मेरा युरोपेली परम्परालाई उनी सम्मान गर्थिन्। तर मेरो कपाल फुलेकोमा भने उनी चिन्तित थिइन्। त्यसकारण उनी मलाई कपाल डाई गर्न दबाब दिइरहन्थिइन्। विश्‍वविद्यालयमा पढाउनेले कपाल डाई गर्दैनन् भनेर जवाफ दिन्थेँ। तर उनी किन मान्थिन् र? ‘सांस्कृतिक क्रान्तिको बेला पनि हामी सबै महिला र पुरुष पनि कपाल डाई गर्‍थ्यौं,’ उनी भन्थिन्।

कयौँ वर्षपछि हामी हङकङबाट चीनतिर सर्‍यौँ। जहाँ मलाई नयाँ जागिर सुरु गर्नु थियो। चीन पुगेपछि मैले एक हिसाबले राहत महसुस गरेँ। किनभने त्यहाँ प्राध्यापकले मात्र होइान, हरेकले कपाल डाइ गर्ने चलन रहेछ।

यो आलेख डानियल बेलको पुस्तक ‘द डिन अफ शानडोङ : कन्फेसन्स अफ अ माइनर ब्युरोक्रयाट एक अ चाइनिज युनिभर्सिटी’ बाट लिएको हो।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

13 − thirteen =