बडादसैँमा पनि बन्दी प्रत्यक्षीकरणको रिटमा सुनुवाइ हुने

हिमाल प्रेस २८ असोज २०८० १८:१२
6
SHARES
बडादसैँमा पनि बन्दी प्रत्यक्षीकरणको रिटमा सुनुवाइ हुने सर्वोच्च अदालत

काठमाडौँ- सर्वोच्च अदालतले बडादसैँमा पनि बन्दी प्रत्यक्षीकरणको रिट निवेदनमा सुनुवाइ गर्ने भएको छ।

सर्वोच्च अदालतले आज (आइतबार) जारी गरेको सूचनाअनुसार आजैदेखि लागू हुने गरी कोजाग्रत पूर्णिमासम्म बिहान ११ देखि ३ बजेसम्म सर्वोच्च अदालत प्रशासन बन्द रहने भए पनि बन्दीको रिट निवेदन सुनुवाइका लागि अदालत खुला रहनेछ।

शनिबार र विजया दशमीका दिनबाहेक अन्य दिनमा बन्दीका रिट निवेदन दर्ता तथा सनुवाइ गर्न अदालत खुला रहनेछ। अदालतले ती दिनमा न्याय सम्पादनका लागि न्यायाधीशहरूको पनि व्यवस्था गरिसकेको छ।

प्रकाशित: २८ असोज २०८० १८:१२

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

nine + seven =