एमाले सुदूरपश्चिम अधिवेशन

भीम रावलका उम्मेदवार हराउन केन्द्रीय नेताबीच साँठगाँठ

हिमाल प्रेस २४ असोज २०८० ९:३०
164
SHARES
भीम रावलका उम्मेदवार हराउन  केन्द्रीय नेताबीच साँठगाँठ

काठमाडौँ- नेकपा एमाले सुदूरपश्चिम प्रदेशमा पूर्वउपाध्यक्ष भीम रावलका उम्मेदवारलाई हराउने प्रयासमा नेताहरू लागेका छन्। यहाँ रावलपक्षबाट अछामका भरत साउदले उम्मेदवारी दिएका छन्।

रावल इतर समूहबाट तीनजनाको उम्मेदवारी परेको छ। तीनजना एमाले अध्यक्ष केपी शर्मा ओली निकट हुन्। रावललाई कमजोर बनाउन तीन उम्मेदवारलाई मिलाउन नेताहरू लागि परेका छन्।
यहाँ ओली निकट कर्ण थापा, लेखराज भट्ट र दामोदर भण्डारीको छुट्टाछुट्टै गुट छ। ओलीकै निर्देशनमा तीन नेताहरू रावलविरुद्ध खनिएका अधिवेशन स्थलका एक नेताले जानकारी दिए।

यहाँ भट्टको समर्थनमा रहेका बचनबहादुर सिंह र दामोदर भण्डारीको समर्थनमा उम्मेदवारी दर्ता गराएका कमलबहादुर तिमिल्सिनालाई उम्मेदवारी फिर्ता गराउन नेताहरू लागेका छन्। एमाले स्रोतका आनुसार कृष्णप्रसाद जैशीलाई सर्वसम्मत अध्यक्ष बनाउन लागेका छन्। एकथरी एमाले नेताहरूले जैशीका नाममा सर्वसम्मति नै भइसकेको खबर समेत बताइरहेका छन्।

यता रावल पक्ष नेताहरू यो निर्णय मान्न तयार छैनन्। सर्वसम्मत हुन नदिने भए साउदमै सर्वसम्मति हुनुपर्ने रावल पक्ष नेताहरूको माग छ। ओली पक्षले रावललाई कमजोर बनाउन उनकै गृहजिल्लाका जैशीलाई अगाडि सारेका छन्। जैशी रावलको गृहजिल्लाकै नेता हुन्।

अछामको मत विभाजन गरेर सके सर्वसम्मत नसके बहुमतका आधारमा प्रदेश अध्यक्ष बनाउने ओलीपक्षको चाहना छ। तिमल्सिना, जैसी र साउद अछामका हुन् भने सिंह कञ्चनपुरका एमाले नेता हुन्।

निर्वाचन तालिका प्रभावित

अधिवेशन चार दिनदेखि जारी छ। सर्वसम्मत बनाउने भन्दै निर्वाचन तालिका निर्वाचन मण्डलले तालिका सारिरहेको छ।

मंगलबार अबेर राति प्रकाशन गरिएको कार्यतालिकाअनुसार उम्मेदवारी फिर्ताको समय बुधबार बिहान ९:३० बजेसम्मलाई तय गरिएको छ।

बिहान दस बजे उम्मेदवारको अन्तिम नामावली प्रकाशन गर्ने र दिउँसो २ बजेदेखि साँझ ७ बजेसम्म मतदानको समय निर्धारण गरिएको छ। एमाले सुदूरपश्चिममा ६ सय ५७ जना प्रतिनिधि रहेका छन्।

प्रकाशित: २४ असोज २०८० ९:३०

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

5 × one =