श्रीलंकासँग पाकिस्तानलाई ३४५ रन आवश्यक

हिमाल प्रेस २३ असोज २०८० १८:२५
12
SHARES
श्रीलंकासँग पाकिस्तानलाई ३४५ रन आवश्यक

काठमाडौँ- आईसीसी विश्वकप क्रिकेटमा श्रीलंकाले पाकिस्तानलाई ३४५ रनको लक्ष्य दिएको छ। मंगलबार टस जितेर ब्याटिङ गरेको श्रीलंकाले ५९ ओभरमा ९ विकेट गुमाउँदै ३४४ रन बनाएको हो।

श्रीलंकाका लागि कुशल मेन्डिस र सदीरा समराविक्रमा दुवैले शतक बनाए। मेन्डिसले ७७ बलमा १४ चौका र ६ छक्काको मद्दतमा १२२ रन तथा समराविक्रमाले ८९ बलमा १०८ रन बनाए।

त्यस्तै ओपनर पथुम निस्संकाले ५१ रन बनाए। श्रीलंकाले २७ औँ ओभरमै २०० रन बनाएर गतिलो सुरुवात गरे पनि अन्तिममा पाकिस्तानी बलरले राम्रो नियन्त्रण गरेका थिए।

पाकिस्तानका लागि हसन अलिले १० ओभरमा ७१ रन दिएर ४ विकेट लिए। हरिस रौफले ६४ रन दिएर २ विकेट तथा शाहीन शाह अफ्रिदी, महम्मद नवाज र शादब खानले १-१ विकेट लिए। दुई टिमको खेल प्रतिस्पर्धात्मक हुने अनुमान गरिएको छ।

क्रिकेट विश्वकप : खतरनाक श्रीलंकाबारे जानकार पाकिस्तान

प्रकाशित: २३ असोज २०८० १८:२५

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

19 − 3 =