इजरायलमा रहेका नेपालीबारे सरकारलाई कांग्रेसको चारबुँदे ध्यानाकर्षण

हिमाल प्रेस २३ असोज २०८० १६:२७
4
SHARES
इजरायलमा रहेका नेपालीबारे सरकारलाई कांग्रेसको चारबुँदे ध्यानाकर्षण

काठमाडौँ- नेपाली कांग्रेसले इजरायलमा हमासको आक्रमणमा परी ज्यान गुमाएका नेपालीहरूका विषयमा शोक प्रस्ताव पारित गरेको छ। नेपाली कांगेसको आज मंगलबार बसेको संसदीय दल बैठकले आक्रमणको भत्सर्ना गर्दै घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना गरेको छ। कांग्रेसले हमासको आक्रमणमा परी घाइते भएकाहरूको उपचार तथा शीघ्र उद्धारसहित सरकारलाई चारबुँदे ध्यानाकर्षण गराएको छ।

‘आक्रमणमा परी जीवन गुमाउने नेपालीहरूको पार्थिव शरीर यथाशीघ्र नेपाल ल्याई परिवारजनलाई बुझाउने। सम्पर्कमा नरहेका कंचनपुरका विपिन जोशीको तत्काल खोजी गरी उद्धार गर्ने, इजरायलमा भएका नेपालीहरूको विवरण संकलन गरी जोखिममा रहेका नेपालीहरूको सकुशल उद्धार गरी सुरक्षित स्थानमा राखी आवश्यक आवास र भोजनको उचित व्यवस्था गर्ने,’ कांग्रेसको ध्यानाकर्षणमा भनिएको छ, ‘रोजगारी तथा अध्ययनका लागि इजरायल गएका नेपालीहरू इजरायलमा सुरक्षित रहने उपयुक्त व्यवस्था मिलाउने र स्वदेश फर्कन चाहनेहरूलाई अविलम्ब फर्काउने व्यवस्था मिलाउने।’

बैठकले घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना गरेको छ। ‘यो बैठक हमासको आक्रमणमा परी घाइते भइ उपचाररत दाङका प्रविन डाँगी, सल्यानका विधान सेजुवाल र गोरखाका हिमाञ्चल कट्टेलको शीघ्र स्वास्थ्यलाभको कामना गर्दै घाइतेहरूको नेपाल सरकारको खर्चमा तत्काल उपचारको व्यवस्था गर्न गम्भीर ध्यानाकर्षण गर्दछ,’ कांग्रेसको निर्णयमा भनिएको छ।

प्रकाशित: २३ असोज २०८० १६:२७

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

14 − 2 =