इजरायलबाट नेपालीको शव तत्काल स्वदेश ल्याउन सरकारलाई संसदीय समितिको निर्देशन

हिमाल प्रेस २३ असोज २०८० १३:३४
6
SHARES
इजरायलबाट नेपालीको शव तत्काल स्वदेश ल्याउन सरकारलाई संसदीय समितिको निर्देशन

काठमाडौँ- प्रतिनिधिसभाअन्तर्गत रहेको अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिले इजरायलमा हमास विद्रोहीको आक्रमणमा मारिएका १० नेपालीको शव तत्काल नेपाल ल्याउने व्यवस्था गर्न प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय र परराष्ट्र मन्त्रालयलाई निर्देशन दिएको छ।

मंगलबार सिंहदरबारमा बसेको समितिको बैठकमा परराष्ट्रमन्त्री नारायणप्रसाद साउदलाई बोलाएर मृतकको शव तत्काल ल्याउन, घाइतेको उपचारको पहल गर्न र नेपाल फर्कन चाहनेलाई उद्धार गरेर ल्याउन निर्देशन दिइएको हो।

यस्तै बेपत्ता भएका नेपालीको खोजी कार्य र नेपाल आउन चाहनेलाई फिर्ता ल्याउनका लागि समन्वय र पहलकदमी लिन समितिले निर्देशन दिएको छ। साथै भविष्यमा यस्ता खालका घटना घट्न सक्ने सम्भावना भएका नेपालीहरू रहेका मुलुकका नेपाली दूतावासलाई सावधानी अपनाउन र स्रोत र साधनले सम्पन्न बनाउन निर्देशन दिएको छ।

प्रकाशित: २३ असोज २०८० १३:३४

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

four × five =