एमाले सुदूरपश्चिम अधिवेशन : आकांक्षीलाई केन्द्रमा व्यवस्थापन गरेर भए पनि सर्वसम्मत बनाउने प्रयास

हिमाल प्रेस २२ असोज २०८० १०:१३
6
SHARES
एमाले सुदूरपश्चिम अधिवेशन : आकांक्षीलाई केन्द्रमा व्यवस्थापन गरेर भए पनि सर्वसम्मत बनाउने प्रयास

धनगढी- नेकपा एमाले सुदूरपश्चिम प्रदेश कमिटीको नयाँ नेतृत्वका लागि धनगढीमा सुरु भएको अधिवेशनमा सहमतिको अन्तिम प्रयास भइरहेको छ।

अध्यक्षका आकांक्षी कमल तिमिल्सिना, कृष्णप्रसाद जैसी र वचनबहादुर सिंहलाई सँगै राखेर पार्टी महासचिव शंकर पोखरेलले नेताहरूका बीचमा छलफल गरिरहेका छन्।

पार्टी अध्यक्ष केपी शर्मा ओली भने आइतबार नै काठमाडौँ फर्किएका थिए। ओलीकै निर्देशन अनुसार बन्द सत्रलाई थाती राखेर अहिले सहमतिका लागि नेताहरू छलफलमा छन्।

‘महासचिव शङ्कर पोखरेललाई अधिवेशनको अभिभारा दिएर अध्यक्ष ज्युँ काठमाडौँ फर्किनु भएको हो। महासचिव ज्युको नेतृत्वमा अहिले नेतृत्व चयनका लागी छलफल भइरहेको छ । सहमति हुन्छ भन्ने आशामा छौँ। छलफल निष्कर्षमा पुग्न नसके बन्द सत्र सँगै चुनावी प्रक्रिया सुरु हुनेछ,’ एमालेका एक नेताले भने।

तीन जना आकांक्षी मध्ये एक जनालाई केन्द्रीय कमिटीमा पठाउने र दुई जनालाई प्रदेश कमिटीको पदाधिकारी हुने गरी व्यवस्थापन गर्ने गरी छलफल भइरहेको नेताहरू बताउँछन्।

अधिवेशनमा छ सय ७५ प्रतिनिधि सहभागी छन्। अधिवेशनबाट एक सय ५५ सदस्यीय कार्यसमिति चयन हुने छ। जसमा प्रदेशमा अध्यक्षसहित उपाध्यक्ष र सचिव एकरएक र सह–सचिवमा दुई जना रहने छन्।

प्रकाशित: २२ असोज २०८० १०:१३

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

18 − 5 =