विश्वकप क्रिकेट : कोहली र राहुलले उकासे भारतीय इनिङ्स

हिमाल प्रेस २१ असोज २०८० २१:४३
12
SHARES
विश्वकप क्रिकेट : कोहली र राहुलले उकासे भारतीय इनिङ्स

काठमाडौँ- आईसीसी विश्वकप क्रिकेटमा अस्ट्रेलियासँगको खेलमा संकटमा परेको भारतीय टिमलाई विराट कोहली र केएल राहुलले उकासेका छन्।

२०० रनको लक्ष्य पछ्याएको भारतले २ रनमै ३ विकेट गुमाएर संकटमा देखिए पनि कोहली र राहुलले १५० रनभन्दा बढीको साझेदारी गर्दै इनिङ्स उकासेका हुन्।

टप अर्डर ब्याटर रोहित शर्मा, इशन किशन र श्रेयर अयर शून्य रनमै आउट भए पनि कोहली र राहुलको योगदानमा भारतले ३६ ओभरमा १५९ रन बनाएको छ।

कोहली ८१ र राहुल ७१ रन बनाएर खेलिरहेका छन्। भारतलाई जितका लागि १४ ओभरमा ४१ रन आवश्यक छ भने ७ विकेट सुरक्षित छन्।

क्रिकेट विश्वकप : अस्ट्रेलियाद्वारा भारतसामु २०० रनको टार्गेट

अस्ट्रेलियासँग भारत संकटमा, २ रनमै ३ आउट

प्रकाशित: २१ असोज २०८० २१:४३

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

four × 5 =