जागरण अभियानले जनता जगायो : माधव नेपाल

हिमाल प्रेस २१ असोज २०८० १४:१२
14
SHARES
जागरण अभियानले जनता जगायो : माधव नेपाल

लुम्बिनी- नेकपा एकी‍कृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले जनताको समस्या सम्बोधन गर्ने गरि जागरण अभियान सुरु गरेको बताएका छन्।

उनले देशव्यापी रूपमा जागरण पैदा गरेको समेत बताए। नेकपा एकीकृत समाजवादीले सुरु गरेको मेची-महाकाली समाजवादी जागरण अभियान २०८० अन्तर्गत आइतबार भैरहवामा आयोजित जनसभालाई सम्बोधन गर्दै जनताको जीवन सुधार गर्ने संकल्प बोकेर अभियानमा निस्केको बताएका हुन्।

उनले जनताको जीवनस्तर सुधार गर्न आवश्यक रहेकाले जनताकै बीचमा जनताका मुद्दा लिएर अगाडि आएको बताए। उनले बेरोजगारी समस्या समाधान गर्ने गरि कृषिबाटै आत्मनिर्भर हुने सकिने बताए । अध्यक्ष नेपालले अझै पनि किसानहरूले समस्या झेलिरहेकाले त्यसका लागि समाधान गर्न सरकारसंग कुरा गर्ने बताए।

जनसभामा पार्टीका महासचिव घनश्याम भुसालले गरिबी र बेरोजगारी उन्मूलन मुख्य कार्यभार रहेको बताए। उनले जनताको अधिकारलाई संविधानमा सुनिश्चित गरिएपनि मुख्य समस्याका रूपमा गरिबी रहेको बताए।

बेरोजगारी समस्या समाधान गरि सुशाशन,समृद्धिका लागि समाजवादी जागरण अभियान सुरु गरिएको बताए। महासचिव भुसालले मुलुक बर्बाद पार्न खोज्ने सबै शक्तिका विरुद्व लडने बताए।

प्रकाशित: २१ असोज २०८० १४:१२

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

3 × five =