बीआरआई परियोजना अघि बढ्छ : प्रधानमन्त्री

हिमाल प्रेस २१ असोज २०८० १३:४७
6
SHARES
बीआरआई परियोजना अघि बढ्छ : प्रधानमन्त्री

काठमाडौँ- प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले चीनले अघि बढाएको ‘बेल्ट एण्ड रोड इनिसिएटिभ’ (बीआरआई) परियोजना नेपालको हितमा रहेको बताएका छन्।

राजधानीमा आइतबार आयोजित बीआरआई सम्बन्धी कार्यक्रममा उनले यही कारण नेपालले कार्यक्रम छनौट गर्दै त्यस अन्तर्गतका परियोजना अघि बढाउने बताएका छन्।

परियोजना छनौट भइसकेको र त्यसको कार्यतालिका मात्र बनाउन बाँकी रहेकाले त्यो कार्यतालिकामा सहमति गरेर अधि बढ्ने उनले बताए।

बीआरआई परियोजना सुरु भएको एक दशक पुगेको अवसरमा नेपाल–चीन फ्रेण्डसिप फोरमले आइतबार ‘बीआरआईको एक दशकः व्यापार, लगानी र सम्पर्क सन्जाल सम्बन्ध’ विषयक अन्तर्क्रियामा उनले यस्तो धारणा राखेका हुन्।

प्रधानमन्त्री प्रचण्डले चीनले लगानी मोडलमा परिवर्तन गनपर्ने सुझाव पनि दिएका छन्। उनले ब्रिक्स सम्मेलनमा भाग लिन गोवा पुग्दा आफूले त्यतीबेला भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र चिनियाँ राट्रपति सी चिनफिङसँग भनेको आफ्नो धारणा पनि राखे। बीआरआईलाई मजबुद बनाएर अघि बढ्न नेपाल भारत र चीनबीच त्रिदेशीय सम्वन्ध पनि मजबुत हुनुपर्छ, उनले भने।

प्रधानमन्त्री प्रचण्डले पूर्वाधार विकासमा नेपालका लागि ठूलो लगानी खाँचो रहेकाले बीआरआईलाई छिटो अघि बढाउन आवश्यक छ भन्दै यसको लागि ऋण मात्र उपयुक्त मोडल हुन नसक्ने बताए।

नेपालले सन् २०१७ मा बीआरआईमा हस्ताक्षर गरे पनि त्यस अन्तर्गतका परियोजनाहरु पहिचान गरेर चीनलाई उपलब्ध गराएको भए पनि त्यहाँबाट त्यसमा कुनै सम्बोधन हुन सकेको छैन।

‘यहाँको विकास निर्माणलाई तीब्र बनाउन बाह्य पुँजीको अत्याधिक खाँचो छ,’ प्रधानमन्त्रीले भने, ‘बीआरआई ले त्यो खाँचो पुरा गर्न सक्ला तर ढाडै सेक्ने ऋणमा होइन। अनुदान र ऋणमा हुँदा निकै झिनो ब्याजमा।’

विगत १० वर्षमा बीआरआईमार्फत् एक हजार अर्ब अमेरिकी डलरभन्दा बढी लगानी भएको तथ्यांक सावजनिक भए पनि नेपालले त्यसबाट कत्ति पनि रकम पाउन नसकेको प्रचण्डले सुनाए।

प्रधानमन्त्री प्रचण्डले भने, ‘हामी छिट्टै कार्ययोजना बनाएर समयबद्ध कार्यतालिकाअनुरूप चिनियाँ सहयोगको सददपयोगमा लाग्नेछौ। हामीले अहिलेसम्म विस लिस्ट मात्र पठाएकको झै अनुभूति भएका अब साच्चै परियोजना नै पठाएर त्यस अनुरूप काम गर्ने छौँ।’

यसका लागि उनले पटक पटक चीनले आफ्नो केही नीतिमा पुर्नविचार गर्नपर्ने धारणा राखे। उनले बीआरआईको वित्तीय लगानी मोडलको विषयमा अझै मसिनो ढंगले छलफल गर्न पर्ने देखिएको पनि बताए।

उनले आफू दोस्रोपटक प्रधानमन्त्री हुँदा धेरै मिहिनेत गरेर बीआरआईमा समझदारी गरेको र अहिले तेस्रोपटक प्रधानमन्त्री भएको बेला त्यसको कार्यान्वयन गर्दै अघि बढ्ने जिम्मेवारी आएकोमा खुसी पनि व्यक्त गरे। हालै सम्पन्न चीन भ्रमणमा पनि यो विषय उठेको र आफूले कार्यावन्यन तहमा लैजाने सहमति भएको पनि बताए।

आफूले बीआरआई परियोजना अघि बढाउन पहल गरे पनि नेपालका विद्वाद वर्गले त्यसलाई चर्चामा नल्याएको भन्दै गुनासो गरे। कार्यक्रममा चिनियाँ राजदूत छन् सङ्ले पनि बीआरआईको बारेमा जानकारी दिएका थिए।

कार्यक्रममा ६ जना विद्वानहरुले बहस गर्नेछन्। उनीहरुले बीअरआईको फरक फरक शिर्षकका धारणा राख्ने छन्। पूर्वराजदूत डा दिनेश भट्टराई, पूर्व गर्भनर दिपेन्द् क्षेत्री, डा अच्युत वाग्ले, खगेन्द्र प्रसाई, सूर्यराज आचार्य, कमलेश अग्रवालले धारणा राख्ने कार्यक्रम छ।

उनीहरुको सुझाव र बहसलाई नेपाल चीन फ्रेन्डसिप सोसाइटीले चिनियाँ र नेपाली नेतृत्वमा पुर्‍याउने फोरकमा अध्यक्ष डा कल्याणराज शर्माले बताएका छन्। कार्यक्रममा नेपालका बौद्धिक वगहरुको उपस्थिति छ।

प्रकाशित: २१ असोज २०८० १३:४७

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

four + six =