प्रधानसेनापति शर्मा बेलायत प्रस्थान

हिमाल प्रेस २१ असोज २०८० १२:२२
12
SHARES
प्रधानसेनापति शर्मा बेलायत प्रस्थान प्रधानसेनापति शर्मालाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा बिदाइ गर्दै रक्षा सचिव किरणराज शर्मा र बलाधिकृत रथी सरोजप्रताप राणा। तस्बिर सौजन्य : नेपाली सेना।

काठमाडौँ- प्रधानसेनापति प्रभुराम शर्मा संयुक्त अधिराज्य, बेलायतका प्रधानसेनापति प्याट्रिक स्यान्डर्सको निमन्त्रणामा औपचारिक भ्रमणका लागि आइतबार बेलायत गएका छन्। बेलायतमा रहँदा प्रधानसेनापति शर्माले वेल्स, ब्रेकनस्थित सैन्य तालिम शिविर भ्रमण गर्नुका साथै त्यहाँ सञ्‍चालन भइरहेको क्याब्रियन पेट्रोलमा सहभागी नेपाली सेनाको टोलीसँग भेट गर्नेछन्।

भ्रमणका क्रममा बेलायती समकक्षी स्यान्डर्ससँग शिष्टाचार भेटघाट गर्ने कार्यक्रम रहेको सैनिक जनसम्पर्क निर्देशनालयले जनाएको छ। भ्रमणदलमा सैनिक तालिम महानिर्देशक उपरथी सन्तोषकुमार ढकाल तथा प्रधान सेनापतिका स्टाफ अधिकृत सहभागी छन्।

प्रधानसेनापति शर्माको अनुपस्थितिमा बलाधिकृत रथी सरोजप्रताप राणाले कायममुकायम प्रधान सेनापतिको कार्यभार सम्हाल्ने निर्देशनालयको विज्ञप्तिमा उल्लेख छ।

प्रधानसेनापति शर्मालाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा रक्षा सचिव किरणराज शर्मा तथा बलाधिकृत रथी सरोजप्रताप राणाले बिदाइ गरेका थिए। बेलायत जानुअघि प्रधानसेनापति शर्मालाई जंगीअड्डामा सेनाको एक टुकडीले सम्मान गारत अर्पण गरेको थियो।शर्मा असोज २७ गते स्वदेश फर्कनेछन्।

प्रकाशित: २१ असोज २०८० १२:२२

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

eighteen − 17 =