सुरक्षासम्बन्धी भारत-नेपाल द्विपक्षीय परामर्श समूहको बैठक सम्पन्न

हिमाल प्रेस २० असोज २०८० २१:२६
2
SHARE
सुरक्षासम्बन्धी भारत-नेपाल द्विपक्षीय परामर्श समूहको बैठक सम्पन्न

काठमाडौँ- सुरक्षासम्बन्धी भारत-नेपाल द्विपक्षीय परामर्श समूहको बैठक सम्पन्न भएको छ। भारतीय टोलीको नेतृत्व भारत सरकार विदेश मन्त्रालयको उत्तरी महाशाखाका सहसचिव अनुराग श्रीवास्तव र नेपाली टोलीको नेतृत्व परराष्ट्र मन्त्रालयको दक्षिण एसिया महाशाखाका सहसचिव भृगु ढुंगानाले गरेको बैठक पोखरामा बिहीबार सम्पन्न भएको हो।

दुवै टोलीमा रक्षा, परराष्ट्र एवम् गृह मन्त्रालय तथा भारतीय र नेपाली सेनाका निर्देशनालयका अधिकारीहरूको सहभागीता थियो।

उक्त बैठकमा पारस्परिक सुरक्षा, प्रतिरक्षा सामग्रीको आपूर्ति, प्रशिक्षण तथा क्षमता अभिवृद्धि, संयुक्त सैन्य अभ्यास, भ्रमण, संयुक्त यात्रा, साहसिक गतिविधि, विपद् व्यवस्थापनमा सहकार्य र सूचनाको आदानप्रदानलगायत विषयमा छलफल गरिएको थियो।

द्विपक्षीय सुरक्षा र सुरक्षा सहकार्य प्रवर्द्धन गर्ने उद्देश्यले सन् २००३ मा स्थापना गरिएको भारत-नेपाल द्विपक्षीय परामर्श समूह भारत र नेपालबीचको एक महत्त्वपूर्ण संस्थागत संयन्त्र हो।

प्रकाशित: २० असोज २०८० २१:२६

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

1 × five =