काठमाडौँ- एसियन गेम्सअन्तर्गत चीनमा जारी क्रिकेट प्रतियोगितामा भारतले फाइनल जितेको छ। अफगानिस्तानर भारतबीच स्वर्ण पदकका लागि भएको फाइनल वर्षाका कारण प्रभावित भएपछि रन रेटका आधारमा भारतले स्वर्ण पदक र अफगानिस्तानले सिल्भर पदक जितेको हो।
टस हारेर पहिले ब्याटिङ गरेको अफगानिस्तानले १८.२ ओभरमा ११२ रन बनाएर ५ विकेट गुमाएको अवस्थामै खेल रोकिएको हो। क्रिकेटमा तेस्रो बंगलादेश र चौथो पाकिस्तान भएका छन्।
प्रकाशित: २० असोज २०८० १५:५२
प्रतिक्रिया