नेपाल र रोमानियाबीच श्रम समझदारी, चार क्षेत्रमा नेपाली कामदारको उच्च माग

हिमाल प्रेस १९ असोज २०८० १६:३६
54
SHARES
नेपाल र रोमानियाबीच श्रम समझदारी, चार क्षेत्रमा नेपाली कामदारको उच्च माग

काठमाडौँ– नेपाल र रोमानियाबीच श्रम समझदारी भएको छ। जर्मनीको राजधानी बर्लिनमा आज आयोजित कार्यक्रममा दुई देशबीचको समझदारीपत्रमा हस्ताक्षर भएको हो। पत्रमा नेपालका श्रम तथा रोजगारमन्त्री शरदसिंह भण्डारी र रोमानियाकी श्रममन्त्री सिमोना बुकुरा आप्रेस्यूले हस्ताक्षर गरेका छन्।

सम्झादारीले नेपालबाट काममा जाने श्रमिकले रोमानियामा उच्च सम्मान र सुरक्षा पाउने मन्त्री सिमोनाले दाबी गरिन्। उनले भनिन्, ‘रोमानियका नागरिकजस्तै नेपालका श्रमिकले पनि सेवा र पारिश्रमिक पाउनेछन्, हामी विभेद गर्नेछैनौँ।’ समझदारीले दुवै देशको आर्थिक तथा कूटनीतिक सम्बन्ध थप बलियो भएको पनि उनको भनाइ छ।

रोमानियाले नेपालबाट विशेषगरी निर्माण क्षेत्र, सेवा, हस्पिटालिटी र कृषिका लागि श्रमिक लानेछ। अहिले १५ हजार ५९० नेपाली रोमानियामा कार्यरत छन्। दुई देशबीचका उच्च अधिकारी सम्मिलित कार्यक्रममा श्रमिकको हित, रोजगारी, सामाजिक सुरक्षालगायत विषयमा छलफल भएको थियो।

प्रकाशित: १९ असोज २०८० १६:३६

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

5 + five =