बझाङका भूकम्प पीडितलाई तत्काल ५० हजार रुपैयाँ दिने प्रधानमन्त्रीको घोषणा

हिमाल प्रेस १९ असोज २०८० १६:२९
8
SHARES
बझाङका भूकम्प पीडितलाई तत्काल ५० हजार रुपैयाँ दिने प्रधानमन्त्रीको घोषणा

काठमाडौँ- प्रधानमन्त्री पुष्पकलम दाहाल प्रचण्डले बझाङका भूकम्पपीडितालाई तत्काल ५० हजार  रुपैयाँ उपलब्ध गराउने घोषणा गरेका छन्। शुक्रबार भूकम्प प्रभावित क्षेत्रको अवलोकनपछि चैनपुरमा सो घोषणा गरेका हुन्।

पीडित परिवारलाई तत्काल राहतका लागि १५ हजार उपलब्ध गराउने प्रतिबद्धता जनाएका छन्। त्यस्तै उनले घाइतेको निःशुल्क उपचार गर्ने, मृतकका परिवारलाई तत्काल २ लाख दिने घोषणा गरेका छन्। तीनै तहको सरकारको समन्वयमा क्षति मूल्याङकन गरी कार्यविधि बनाएर पुनर्निर्माण गर्ने उनले प्रतिबद्धता जनाएका छन्। सरकारी भवनमा भएको क्षति मूल्याङकन गरी पुननिर्माण गर्ने उनले बताएका छन्।

यस्तै सरकारले राहत सामग्रीहरू पाल, कम्बल, औषधी, खाद्यान्न, लत्ताकपडाको व्यवस्थापन भएको छ। थप सामग्री आवश्यक परेमा तीनै तहका सरकारको समन्वयमा व्यवस्था गरिने बताइएको छ। भूकम्पमा परी घाइतेहरूको निःशुल्क उपचारको व्यवस्था मिलाइने प्रधानमन्त्री प्रचण्डले बताए। उनले बझाङ र सुदूरपश्चिमको समग्र विकासमा निर्णायक महत्त्व राख्ने परियोजना अघि बढाइएको बताए।

प्रकाशित: १९ असोज २०८० १६:२९

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

four × 5 =