पाँच देशका राजदूतले पेस गरे ओहोदाको प्रमाणपत्र

हिमाल प्रेस १८ असोज २०८० १८:३५
12
SHARES
पाँच देशका राजदूतले पेस गरे ओहोदाको प्रमाणपत्र

काठमाडौँ- राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष नेपालका लागि पाँच देशका राजदूतले आ–आफ्नो ओहोदाको प्रमाणपत्र पेस गरेका छन्।

राष्ट्रपति कार्यालयमा आज अपराह्न आयोजित विशेष समारोहमा नेपालका लागि स्वीटजरल्याण्ड र युरोपेली संघका आवासीय तथा स्वीडेन अधिराज्य, हंगेरी र चेक गणतन्त्रका गैरआवासीय राजदूतहरुले आ–आफ्नो ओहोदाको प्रमाणपत्र पेस गरेका हुन्।

नेपालका लागि स्वीटरल्याण्ड र युरोपेली संघका आवासीय राजदूतद्वय क्रमशः डानिली मिउली मोन्टिलोनी र लरेञ्जो भरोनिक, स्वीडेन अधिराज्यका गैरआवासीय राजदूत जन थेसलेफ, हंगेरीका इस्टभान साबो र चेक गणतन्त्रका एलिस्का जिगोभाले राष्ट्रपतिसमक्ष ओहोदापत्र प्रस्तुत गरेको राष्ट्रपतिको कार्यालयले जनाएको छ।

समारोहमा परराष्ट्रमन्त्री नारायणप्रकाश साउदलगायत नेपाल सरकारका उच्चपदस्थ अधिकारीको उपस्थिति थियो।

प्रकाशित: १८ असोज २०८० १८:३५

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

20 − six =