यूएईका राजदूत क्षेत्रीले बुझाए ओहोदाको प्रमाणपत्र

हिमाल प्रेस १७ असोज २०८० २१:३१
10
SHARES
यूएईका राजदूत क्षेत्रीले बुझाए ओहोदाको प्रमाणपत्र

काठमाडौँ- संयुक्त अरब इमिरेट्स (यूएई)का लागि नेपालका राजदूत तेजबहादुर क्षेत्रीले बुधबार यूएईका अध्यक्ष शेख मोहम्मद बिन जायद अल नाहयानसमक्ष आफ्नो ओहोदाको प्रमाणपत्र प्रस्तुत गरेका छन्।

ओहोदाको प्रमााणपत्र पेस गरेपछि शिष्टाचार भेटमा राजदूत क्षेत्रीले राष्ट्रपति रामचन्द्र पौडेलका तर्फबाट राष्ट्रपति नाहयानको व्यक्तिगत सुख, सुस्वास्थयका साथै युएईका जनताको निरन्तर प्रगतिको कामना गरे।

सन् १९७७ मा नेपाल र युएईबीच कूटनीतिक सम्बन्ध कायम भएयता दुवै देशबीचको सम्बन्ध सुमधुर रहेको चर्चा गर्दै राजदूत क्षेत्रीले नेपालीका निम्ति यूएई आकर्षक गन्तव्य बनेको बताए। उनले नेपालीलाई अवसर प्रदान गरेकामा यूएई सरकारप्रति आभार व्यक्त गरे।

यूएईका राष्ट्राध्यक्षले राजदूत क्षेत्रीको कार्यकालको सफलताको कामना गर्ने राष्ट्रपति पौडेलेको सुख, सुवास्थ्यका साथै नेपाल र नेपालीको शान्ति एवं प्रगतिको कामना गरेको अबुधावीस्थित नेपाली दूतावासले जनाएको छ।

प्रकाशित: १७ असोज २०८० २१:३१

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

two × two =