एमाले गण्डकीमा नयाँ तरंग : पृथ्वीसुब्बा एक्ल्याउन पद्मा पनि सक्रिय

हिमाल प्रेस १७ असोज २०८० १०:३४
372
SHARES
एमाले गण्डकीमा नयाँ तरंग : पृथ्वीसुब्बा एक्ल्याउन पद्मा पनि सक्रिय

काठमाडौँ- नेकपा एमाले गण्डकी प्रदेशमा उपमहासचिव पृथ्वीसुब्बा गुरुङलाई एक्ल्याउन सचिव पद्मा अर्याल पनि सक्रिय भएकी छन्।

प्रदेशको नेतृत्वमा यसअघि खगराज अधिकारी समूह र गुरुङ समूहबीच प्रतिस्पर्धा देखिए पनि केन्द्रबाट सचिव अर्यालको हस्तक्षेप भएपछि अधिवेशनमा नयाँ तरंग उत्पन्न भएको छ।

एमालेकी सचिव अर्याल गुट बनाउन सक्रिय रहेको महाधिवेशन प्रतिनिधिहरूले बताएका छन्। उनी जसरी पनि पृथ्वीसुब्बासँग प्यानललाई नेतृत्वमा आउन नदिने पक्षमा छिन्।

स्थायी कमिटी सदस्य खगराज अधिकारी र पृथ्वीसुब्बा गुरुङबीचको प्रतिस्पर्धा पुरानै हो।

गण्डकीको अहिलेको अधिवेशनमा पृथ्वीसुब्बाविरुद्ध पद्मा अर्याल, खगराज अधिकारी र किरण गुरुङ एक भएर उभिएका छन्। पार्टीका महासचिव शंकर पोखरेलसहित एमालेका दुई तिहाईभन्दा बढी केन्द्रीय सदस्यहरू गुरुङविरुद्ध रहेका छन्। यद्यपि महासचिव पोखरेलले आफूले कुनै गुटलाई समर्थन नदिएको दाबी गर्दै आएका छन्।

नेतृत्वका लागि गण्डकी अधिवेशनमा दुई प्यानल तयार भएका छन्। मायानाथ अधिकारी र नवराज शर्माको प्यानल तयार भएको हो। मायानाथलाई पद्मा, खगराज र किरण सँगै महासचिव पोखरेलको साथ छ भने नवराजलाई पृथ्वीसुब्बाको मात्रै। नवराज शर्मालाई एकपटक अवसर दिनुपर्ने पक्षमा गुरुङ उभिएपछि पोखरेल फरक प्यानल निर्माणमा सक्रिय भएका हुन्।

मायानाथ अधिकारीलाई सर्वसम्मत प्रदेश अध्यक्षको प्रस्तावमा पृथ्वीसुब्बा नमानेपछि उनलाई एक्ल्याउन महासचिव शंकर पोखरेल, सचिव पदमा अर्याल, खगराज अधिकारी र किरण गुरुङ एक भएको बताइएको छ।

मायानाथ अधिकारीको प्यानलमा उपाध्यक्षतर्फ नवलपुरका बाबुराम विक, सचिवमा कास्कीका रश्मि आचार्य, उपसचिवमा म्याग्दीका सन्तोष रावल र उपसचिव महिलामा कास्कीकी मीना गुरुङ रहेका छन्।

नवराज शर्माको प्यानलतर्फ उपाध्यक्षमा स्याङजाका मीनप्रसाद गुरुङ, सचिवमा लमजुङका धनञ्जय दवाडी, उपसचिवमा कास्कीका दामबहादुर विक र उपसचिवमा महिलामा पर्वतकी मञ्जु अधिकारी न् । यसरी अघोषित प्यानल तयार भएको हो।

साँझ सवा ५ बजेदेखि मतदान प्रक्रिया सुरु गर्ने तयारी छ। अधिवेशनमा गण्डकीमा ११ जिल्ला र जनसंगठनबाट ९ सय ७ जना प्रतिनिधि सहभागी छन्।

अधिवेशन एमाले गण्डकीको, ‘लडाइँ’ पृथ्वी सुब्बा र खगराजको

प्रकाशित: १७ असोज २०८० १०:३४

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

two × four =