मूल्यवृद्धि र कालोबजारी नियन्त्रणका लागि सांसदले गराए सरकारको ध्यानाकर्षण

हिमाल प्रेस १६ असोज २०८० १७:५७
मूल्यवृद्धि र कालोबजारी नियन्त्रणका लागि सांसदले गराए सरकारको ध्यानाकर्षण फाइल तस्बिर।

काठमाडौँ- संघीय संसद् प्रतिनिधिसभाको मंगलबारको बैठकमा सांसदहरूले बजारमा मूल्यवृद्धि, कालोबजारी, कृत्रिम अभाव, न्यून गुणस्तरलगायत समस्या समाधानका लागि सरकारको ध्यानाकर्षण गराएका छन्।

बैठकमा शून्य समयमा बोल्दै सांसद उदय शमशेर जबराले चाडबाडको समयमा उपभोक्ता बजारमा मूल्यवृद्धि देखिएको उल्लेख गर्दै त्यसलाई नियन्त्रण र नियमनका लागि सरकारले पहल गर्नुपर्ने बताए। ‘पेट्रोलियम पदार्थमा भएको मूल्यवृद्धि सरकारले फिर्ता लिएको छ। त्यो सकारात्मक छ। तर पछिल्लो तीन महिनामा महंगी अत्यन्त बढेको छ,’ उनले भने, ‘चाडबाडको समयमा बजारमा गोलभेडा, चिनी, चामलजस्ता उपभोग्यवस्तुमा मूल्यवृद्धि भएको छ। काठमाडौँ उपत्यकालगायत बजारमा कालोबजारी र कृत्रिम अभावका समस्या देखिएका छन्।’

बजार अनुगमन प्रभावकारी बनाउन उनले सरकारको ध्यानाकर्षण गराए। त्यस्तै सांसद उर्मिला माझीले पनि पेट्रोलियम पदार्थमा भएको मूल्यवृद्धिको निर्णय फिर्ता गरेर जनतामा राहत महसुस गराउनु सकारात्मक रहेको बताइन्। सबै उपभोग्य वस्तुको मूल्य बढेको बताउँदै उनले यसको मुख्य कारण कालोबजारी र कमिसनतन्त्र रहेको बताइन्। बजार अनुगमनका लागि उच्चस्तरीय संयन्त्र बनाउपर्ने उनले माग गरिन्।

प्रकाशित: १६ असोज २०८० १७:५७

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

3 × one =