सहरमा आज : कहाँ के हुँदैछ?

सुस्मिता बजगाईं १३ असोज २०८० ६:५९
172
SHARES
सहरमा आज : कहाँ के हुँदैछ?

काठमाडौँ- यो साता उपत्यकामा विभिन्न मनोरञ्जनात्मक कार्यक्रमहरू हुँदैछ। नाटक घरमा तीन नाटकको मञ्चन जारी छ।

हलमा पनि नेपाली बलिउड र हलिउड गरि थुप्रै फिल्म प्रदर्शनरत छ। त्यस्तै साहित्यका विभिन्न विधाका पुस्तक विमोचन पनि रहेको छ। साथै ललितपुरमा जेष्ठ नागरिकको फोटो प्रदर्शनी र पुस्तक प्रदर्शनी मेला पनि चलिरहेको छ।

अन्तिम भेट

आज कालीकास्थानस्थित सर्वनाम थिएटरमा मुक्तकसंग्रह ‘अन्तिम भेट’ विमोचन हुँदैछ। कृतिका लेखक रोमा लम्साल ‘नुरा’ हुन्। कार्यक्रम बिहान ११ बजे हुनेछ। विमोचन कार्यक्रममा गजलकार गजेन्द्र बोहोरा, रज्जु बिडारी, सरस्वती पौडेलले गजल वाचन गर्नेछन्। कार्यक्रमको सहजीकरण लोकेन्द्र जलनले गर्नेछन्।
कार्यक्रम आधुनिक नेपाली गजल अभियानले आयोजना र एस बुक्सले प्रकाशन गरेको हो।

रूपान्तरण

अनामनगरस्थित सामाजिक विकास समाजको भवनमा मुक्तकसंग्रह ‘रूपान्तरण’ विमोचन हुँदैछ। कृतिका लेखक कर्ण दयाल ‘सोराडी’ हुन्। पुस्तकमा सामाजिक रूपान्तरणसँग सम्बन्धित दुई सय ७० ओटा मुक्तक छन्। कार्यक्रम बिहान साढे ११ बजे हुनेछ।

परिवेशका सुसेली

मध्ये बानेश्वरस्थित सनराइज क्याफे रेस्टुरेन्ट बैंक्वेटको हलमा गजलसंग्रह ‘परिवेशका सुसेली’ लोकार्पण हुँदैछ। कृतिका लेखक जानुका गुरागाईं हुन्। कार्यक्रम बिहान ११ बजे हुँदैछ।

पारदर्शी

युवा कवि बुद्धिमान महर्जनको कवितासंग्रह ‘पारदर्शी’ विमोचन हुँदैछ। कार्यक्रम दिउँसो १ बजे इमाडोलस्थित महेन्द्र आदर्श मा. वि.को प्रांगणमा हुनेछ।

गुरुकुलमा ‘म पनि मान्छे हुँ’

थापागाउँस्थित आरोहण गुरुकुल (कुञ्ज थिएटर) मा नाटक ‘म पनि मान्छे हुँ’ मञ्चन भइरहेको छ। यो नाटक भारतीय लेखक विष्णु प्रभाकरको नाटक ‘मै भी मानव हुँ’ को नेपाली अनुवाद हो। नाटक सरोज अर्यालले अनुवादन गरेका हुन्। सरोजकै परिकल्पना र निर्देशन रहेको नाटकमा माला आर्टस् एकेडेमीको प्रस्तुति छ।
युद्धको कथामा आधारित नाटकमा बिम्ब अधिकारी, अङ्कित खड्का, सुष्मा निरौला, अभिषेक शर्मा राजोपाध्याय, सन्दीप डङ्गोल, एडन बात्रि, मनिष व्याञ्जु, संस्कृति दुवाडी र सदिन लुइँटेललगायतको अभिनय छ। लगायतको अभिनय छ।
असोज ५ गतेदेखि सुरु भएको नाटक असोज २० गतेसम्म मञ्चन हुनेछ। साताको प्रत्येक दिन सोमबारबाहेक साँझ साढे पाँच बजे मञ्चन हुने नाटक आज शनिबार दिउँसो २ बजेको अतिरिक्त सो छ।

कौसीमा ‘द वेडिङ एल्बम’

टेकुस्थित कौसी थिएटरमा नाटक ‘द वेडिङ एल्बम’ मञ्चन भइरहेको छ। भारतीय रंगकर्मी गिरीश कर्नाडको नाटकलाई आकांक्षा कार्कीले नेपालीमा अनुवाद एवं निर्देशन गरेकी छन्।
नाटकमा निर्देशक कार्कीसहित लुनिभा तुलाधर, आशान्त शर्मा, सुदाम सिके, केनिपा सिंह पहारी, नवीनचन्द्र अर्याल, ऋषिकेश बस्याल, जीवन गौतम, निष्ठा त्रिपाठीलगायत कलाकारको अभिनय छ असोज ४ गतेदेखि मञ्चन भएको नाटक असोज २७ सम्म चल्नेछ।
नाटक प्रत्येक साताको मंगलबारबाहेक प्रत्येक दिन साँझ सवा पाँच बजे र शनिबार दिउँसो एक बजे पनि मञ्चन गरिनेछ।

शिल्पीमा ‘ह बिन्दू राम पण्डित’

बत्तिसपुतलीस्थित शिल्पी थिएटरमा २७ गतेदेखि भैरव अर्यालको निबन्धमा आधारित तयार पारिएको नाटक ‘ह बिन्दू राम पण्डित’ मञ्चन भइरहेको छ। नाटक मञ्चनको आज अन्तिम दिन हो।
नाटकको नाट्य आलेख तथा निर्देशन बारत लिम्बूले गरेका छन्।

नाटकमा कलाकार विकाश जोशी, श्रवन सिंह राना मगर, सविर चुरौटे, मिल्सन राई, सविन कट्टेल, रोशन, उज्जल वातवा राई, सन्तोष गिरी, रोशन लोहोरुङ राई, सोनिल राई, सम्झना राई र क्षितिज सन्तोष माझी छन्। नाटक हरेक दिन साँझ सवा पाँच बजे मञ्चन हुनेछ। साथै शनिबार दिउँसो १ बजे अतिरिक्त सो हुनेछ।

तस्बिरमा जेष्ठ नागरिक

जेष्ठ नागरिक दिवसको अवसरमा ललितपुरस्थित पाटन दरबार क्षेत्रमा ‘तस्बिरमा जेष्ठ नागरिक’ नामक फोटो प्रदर्शन हुँदैछ।
राष्ट्रिय फोटो पत्रकार समुह र एजिङ नेपालको संयुक्त आयोजनामा प्रदर्शनी हुन लागेको हो। प्रदर्शनीमा फोटोपत्रकारहरुले खिचेका ६० ओटा जेष्ठ नागरिकको तस्बिर राखिएको छ। जसमा जेष्ठ नागरिकको दैनिकी, मिहिनत, पारिवारिक खुशीकासाथै संघर्ष र सफलताका तस्बिर छन्। बिहान ११ बजेदेखि सुरु हुने प्रदर्शनी साँझ पाँच बजेसम्म रहनेछ।

पुल्चोकमा विशेष पुस्तक प्रदर्शनी

साझा प्रकाशनको केन्द्रीय कार्यालय ललितपुरस्थित पुल्चोकमा विशेष पुस्तक प्रदर्शनी चलिरहेको छ। प्रदर्शनीमा साझा प्रकाशन, नेपाली भाषा प्रकाशिनी समितिलगायत विभिन्न साहित्यकारहरुको कृति राखिएको छ।
साझा प्रकाशनबाट प्रकाशित ‘परमानन्दगीता’, ‘अणिमा’, ‘मनको बह, ‘मनको बिम्बबाट’, ‘आसन ग्रहण’, ‘खोजी’, ‘मिसन यात्रा’, ‘धर्मदर्शन’, ‘जीवनदर्शन’, नक्साको जून’, ‘कुमुदाग्नि’, ‘नेपाली उपन्यासमा आञ्चलिकताः सिद्धान्त, परम्परा र प्रवृत्ति’, ‘परेवा र बाज’, ‘म गाउँ फर्कन्छु’लगायत कृति प्रदर्शनीका छन्।

नेपाली भाषा प्रकाशिनी समितिबाट प्रकाशित ५ सय पुस्तकका साथै टेकबहादुर खत्रीको ‘पञ्चायत आज’, प्रा. ऋषभदेव शास्त्रीको ‘व्याकरणको दन्त्यकथा’, प्रा. नीलमणि ढुंगानाको ‘व्युत्पत्तिमूलक संस्कृत–नेपाली शब्दकोश’लगायत ४.२५ रुपैयाँ मूल्यदेखि २८ सय रुपैयाँसम्मका थुप्रै पुस्तक प्रदर्शनीमा राखिएको छ। असोज ७ गतेदेखि सुरु भएको प्रदर्शनी २२ गतेसम्म चल्नेछ।

हलमा ८ फिल्म

उपत्यकाका विभिन्न हलमा नेपाली, हिन्दी र अंग्रेजी फिल्म प्रदर्शनरत छन्। नेपालीमा ‘नाङ्गो गाउँ’, ‘एक भागवत र एक गीता’, बलिउड फिल्म ‘फुक्रे ३’, ‘चन्द्रमुखी २’ र ‘जवान’ र हलिउड फिल्म ‘द क्रियटर’ र ‘स एक्स’, ‘द नन २’ प्रदर्शन भइरहेको छ।

एक भागवत र एक गीता

फिल्म ‘एक भागवत र एक गीता’ (सामाजिक कथा) भदौ २९ गतेदेखि प्रदर्शन भइरहेको छ। झरना थापा निर्देशित फिल्मका निर्माता सुनिल कुमार थापा हुन्। फिल्ममा विपिन कार्की, सुहाना थापा, धिरज मगर, कबीर खड्का, संजोग रसाइली, मुकेश झा, अनुराग कुँवर, बालकलाकार जेभिस र जेभिन श्रेष्ठलगायत कलाकारको अभिनय छ।
राजेश श्रेष्ठको छायांकन र मित्र डि गुरुङको सम्पादनमा बनेको फिल्ममा हर्कुलस बस्नेत, आशिष अविरल, प्रवेश मल्लिक र बाबुल गिरीको संगीत तथा शंकर अधिकारी घायलको शब्द रचना छ।
आज उपत्यकामा क्यूएफएक्स सिनेमाअन्तर्गत भाटभटेनी भक्तपुर र सिभिल मल, बिएसआर मुभिज, सिके सिनेमाज, रञ्जना सिनेप्लेक्स, बिग मुभिजमा फिल्मको सो छ।

नाङ्गो गाउँ

भदौ २९ गतेदेखि फिल्म ‘नाङ्गो गाउँ’ प्रदर्शनरत छ। फिल्म राजनीति विषयवस्तुमा आधारित छ। फिल्मका कलाकार दयाहाङ राई र शिशिर बाङ्देलको चुनावी प्रतिस्पर्धा फिल्मको कथा बनेको छ। फिल्ममा अन्य कलाकार मिरुना मगर, कार्म शाक्य, साम्राज्ञी राज्यलक्ष्मी शाह, बुद्धि तामाङ, रविन्द्र झा, विशाल पहाडी, अंकित खड्का, राज थापा, कमलमणि नेपाल, पुष्कर गुरुङ, शारदा गिरीलगायत छन्।
दिपेन्द्र लामाले पटकथा लेखन र निर्देशन गरेको फिल्म आलोक शुक्लाको छायांकन, बनिश शाहको सम्पादन र जय श्रेष्ठको निर्माणमा बनेको छ।
आज उपत्यकामा क्यूएफएक्स सिनेमाअन्तर्गत भाटभटेनी भक्तपुर, लबिम मल र सिभिल मलमा फिल्मको सो छ।
आईएनआई सिनेमाअन्तर्गत लोत्से मल र एनबी सेन्टर, बिएसआर मुभिज, सिके सिनेमाज, रञ्जना सिनेप्लेक्स, कीर्तिपुर सिनेप्लेक्समा फिल्म ‘नाङ्गो गाउँ’ चलिरहेको छ।

चन्द्रमुखी २

बलिउड फिल्म ‘चन्द्रमुखी २’ असोज ११ गतेदेखि नेपाली हलहरुमा प्रदर्शन भइरहेको छ। हरर, कमेडी र ड्रामा जनरामा बनेको फिल्म फिल्म पि वासुले निर्देशन गरेका छन्। फिल्ममा कंगना रनावत। वडिवेलु, सत्यराजलगायतको अभिनय छ।
आज उपत्यकामा क्यूएफएक्स सिनेमाअन्तर्गत छाया सेन्टर, भाटभटेनी भक्तपुर, दरबार सिनेम्याक्स, लबिम मल र सिभिल मलमा फिल्मको सो छ।
वान सिनेमाजअन्तर्गत आइप्लेक्स मल, आईएनआई सिनेमाअन्तर्गत लोत्से मल र एनबी सेन्टर, एफक्यूब सिनेमाज, बिएसआर मुभिज, सीडीसी सिनेमाज, सिके सिनेमाज, रञ्जना सिनेप्लेक्स, कीर्तिपुर सिनेप्लेक्स, क्यूज सिनेमाज, विश्वज्योति सिनेप्लेक्स, अष्टनारायण हललगायत हलमा फिल्म ‘चन्द्रमुखी २’ चलिरहेको छ।

फुर्के ३

बलिउड फिल्म ‘फुक्रे ३’ असोज १२ गतेदेखि नेपाली हलहरुमा प्रदर्शन भइरहेको छ। फिल्म मृगदीप सिंह लाम्बाले निर्देशन गरेकाछन्। कमेडी र ड्रामा जनरामा बनेको फिल्ममा अलि फजल, पंकज त्रिपाठी, फरहान अख्तरलगायत कलाकारको अभिनय छ।
आज उपत्यकामा क्यूएफएक्स सिनेमाअन्तर्गत छाया सेन्टर, भाटभटेनी भक्तपुर, दरबार सिनेम्याक्स, लबिम मल र सिभिल मलमा फिल्मको सो छ।
वान सिनेमाजअन्तर्गत आइप्लेक्स मल, आईएनआई सिनेमाअन्तर्गत लोत्से मल र एनबी सेन्टर, एफक्यूब सिनेमाज, बिएसआर मुभिज, सीडीसी सिनेमाज, सिके सिनेमाज, रञ्जना सिनेप्लेक्स, कीर्तिपुर सिनेप्लेक्स, क्यूज सिनेमाज, विश्वज्योति सिनेप्लेक्स र अष्टनारायण हलमा फिल्म ‘फुर्के ३’ प्रदर्शनरत छ।

जवान

बलिउड फिल्म ‘जवान’ भदौ २२ गतेदेखि नेपाली हरुहरुमा प्रदर्शन भइरहेको छ। एट्लीको निर्देशनमा बनेको फिल्ममा बलिउड सुपरस्टार शाहरुख खान, नयनतारा, विजय सेतुपथी, दीपिका पादुकोणलगायत कलाकारको अभिनय छ। एक्सन र थ्रिलर जनरामा बनेको फिल्म जिके विष्णुको छायांकन, रूबेनको सम्पादनमा बनेको छ। फिल्ममा गौरी खानले लगानी गरेका छन्।
आज उपत्यकाको क्यूएफएक्स सिनेमाअन्तर्गत दरबार सिनेम्याक्स, छाया सेन्टर, सिभिल मल र भाटभटेनी भक्तपुरमा फिल्मको सो छ।
वान सिनेमाजअन्तर्गत आइप्लेक्स मल, आईएनआई सिनेमाअन्तर्गत लोत्से मल र एनबी सेन्टर, एफक्यूब सिनेमाज, बिएसआर मुभिज, सीडीसी सिनेमाज, सिके सिनेमाज, रञ्जना सिनेप्लेक्स, कीर्तिपुर सिनेप्लेक्स, क्यूज सिनेमाज, विश्वज्योति सिनेप्लेक्स बलिउड फिल्म ‘जवान’ चलिरहेका हल हुन्।

स एक्स

हलिउड फिल्म ‘स एक्स’ नेपालमा प्रदर्शन भइरहेको छ। असोज १२ गतेदेखि प्रदर्शन भएको फिल्म हरर र थ्रिलर जनरामा बनेको छ।
आज उपत्यकामा क्यूएफएक्स सिनेमाअन्तर्गत छाया सेन्टर, भाटभटेनी भक्तपुर, दरबार सिनेम्याक्स, लबिम मल र सिभिल मलमा फिल्मको सो छ।
वान सिनेमाजअन्तर्गत आइप्लेक्स मल र कालीमाटी ट्रेड सेन्टर, आईएनआई सिनेमाअन्तर्गत लोत्से मल र एनबी सेन्टर, एफक्यूब सिनेमाज, बिएसआर मुभिज, सीडीसी सिनेमाज, सिके सिनेमाज, रञ्जना सिनेप्लेक्स, कीर्तिपुर सिनेप्लेक्स, क्यूज सिनेमाज, विश्वज्योति सिनेप्लेक्स र अष्टनारायण हलमा हलिउड फिल्म ‘स एक्स’ चलिरहेको छ।

द क्रियटर

असोज १२ गतेदेखि हलिउड फिल्म ‘द क्रियटर’ नेपालमा प्रदर्शन भइरहेको छ। फिल्म गेरेथ एडवाड्र्सले निर्देशन गरेका हुन्। फिल्म एक्सन, एडभेन्चर, ड्रामा र थ्रिलर जनरामा बनेको छ।
आज उपत्यकामा क्यूएफएक्स सिनेमाअन्तर्गत छाया सेन्टर, भाटभटेनी भक्तपुर, दरबार सिनेम्याक्स, लबिम मल र सिभिल मलमा फिल्मको सो छ।
वान सिनेमाजअन्तर्गत आइप्लेक्स मल, आईएनआई सिनेमाअन्तर्गत लोत्से मल र एनबी सेन्टर, एफक्यूब सिनेमाज, बिएसआर मुभिज, सीडीसी सिनेमाज, रञ्जना सिनेप्लेक्स, क्यूज सिनेमाज, विश्वज्योति सिनेप्लेक्समा फिल्म ‘द क्रियटर’ प्रदर्शनरत छ।

द नन २
भदौ २२ गतेदेखि नेपाली हलहरुमा हलिउड फिल्म ‘द नन २’ प्रदर्शन भइरहेको छ। हरर र थ्रिलर जनरामा बनेको फिल्मका निर्देशक माइकल चेभ्स हुन्। फिल्ममा टाइसा फार्मिगा, अन्ना पोपलवेल, बोनी आरोन्स, स्ट्रोम रीड, कटलिन रोड राउनीलगायत कलाकारको अभिनय छ।
आज उपत्यकाको क्यूएफएक्स सिनेमाअन्तर्गत लबिम मल, एफक्यूब सिनेमाजमा फिल्मको सो छ।

प्रकाशित: १३ असोज २०८० ६:५९

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

eighteen − 8 =