सार्वजनिक जग्गा अतिक्रमणको चपेटामा

हिमाल प्रेस ६ असोज २०८० ९:४३
4
SHARES
सार्वजनिक जग्गा अतिक्रमणको चपेटामा फाइल तस्बिर।

कञ्चनपुर- शुक्लाफाँटा नगरपालिका ५ मा रहेको सार्वजनिक जग्गा संरक्षण नहुँदा अतिक्रमणको चपेटामा पर्न थालेको छ। सशस्त्र प्रहरी गण पछाडि पट्टीको ४० बिघा जग्गा संरक्षणमा कुनै पनि निकायको ध्यान जान नसक्दा अतिक्रमणको चपेटामा पर्न थालेको हो।

हालसम्म २ बिघा बढी जग्गा अतिक्रमण भइसकेको छ। सार्वजनिक जग्गामा रहेका साल, साजलगायत रुखहरू अवैध रूपमा कटानी हुने क्रम बढ्दो छ।

शुक्लाफाँटा राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्रअन्तर्गत पर्ने सार्वजनिक जग्गालाई उपयोगमा ल्याउन जनप्रतिनिधिले चासो देखाउनुपर्नेमा त्यो हुन नसक्दा स्थानीय बासिन्दाले असन्तुष्टि व्यक्त गरेका छन्। स्थानीय बासिन्दा तप्त ठकुल्लाले सार्वजनिक जग्गा संरक्षणमा हालसम्म कुनै पनि निकायले कार्य नगरेको बताउँछन्।

केही वर्षअघि खेलकुद मैदान निर्माणका लागि कार्य अगाडि बढाइए पनि कार्य पूरा हुन नसकेको उनले बताए।

पूर्वपश्चिम राजमार्ग नजिकै रहेको सार्वजनिक जग्गाको संरक्षण गरी नगरपालिकाले उपयोगका लागि अगाडि सर्नुपर्ने आवाज उठाउँदै आए पनि सुनवाइ हुन सकेको उनको भनाइ छ।

जग्गाको स्वामित्व नगरपालिकाले ग्रहण गर्नका लागि आवश्यक पर्ने प्रक्रिया पूरा गर्न मन्त्रालयमा फाइल बुझाएको वडाध्यक्ष चक्रबहदुर खडकाले बताए। रासस

प्रकाशित: ६ असोज २०८० ९:४३

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

four × four =