अन्तर्राष्ट्रिय क्रिकेट खेल्ने पहिलो ‘ब्याच’ सम्मानित

हिमाल प्रेस ५ असोज २०८० १९:११
8
SHARES
अन्तर्राष्ट्रिय क्रिकेट खेल्ने पहिलो ‘ब्याच’ सम्मानित

काठमाडौँ- नेपाल क्रिकेट संघ (क्यान)ले अन्तर्राष्ट्रिय क्रिकेटमा पहिलो पटक सहभागी भएका नेपाली क्रिकेट टोलीलाई सम्मान गरेको छ।

सन् १९९६ देखि अन्तर्राष्ट्रिय खेल खेल्न थालेको नेपाललले पहिलोपटक मलेसियामा भएको एसीसी ट्रफी खेलेको थियो। उक्त प्रतियोगितामा सहभागी भएका नेपाली टिमका सबै खेलाडी र प्रशिक्षकलाई क्यानको साधारणसभा तथा अधिवेशनका अवसरमा सम्मान गरिएको हो।

कार्यबाहक प्रधानमन्त्री एवं उपप्रधान तथा रक्षामन्त्री पूर्णबहादुर खड्काले उक्तसाधारणसभा उद्‍घाटन गर्दै खेलाडीलाई सम्मानपत्र पनि प्रदान गरे। उनले नेपाली क्रिकेट टिमले पछिल्लो समय उत्कृष्ट खेल प्रदर्शन गरेको भन्दै क्रिकेट खेलको विकास र विस्तारका लागि भौतिक पूर्वाधार विकास हुन आवश्यक रहेको बताए।

क्यानका अध्यक्ष चतुरबहादुर चन्दले यस कार्यसमितिले क्षमताले भ्याएसम्म उत्कृष्ट काम गरेको बताए। आफ्नै कार्यकालमा नेपालले पहिलोपटक एसिया कप खेल्न सफल भएको उनले बताए।

सम्मानित हुने खेलाडीमा उत्तमकुमार कर्माचार्य (तत्कालीन कप्तान), बसन्त शाही ठकुरी, जगतबहादुर टमाटा, लेखबहादुर क्षेत्री, (एलबी) मनिषराज पाण्डे, सन्जय गुरुङ, किरणशम्शेर राणा, राजु खड्का, पवनकुमार अग्रवाल, विशाल गुप्ता, रितेश बराल, पुकार पन्त र मुसरफ इजाहर रहेका छन्।

प्रकाशित: ५ असोज २०८० १९:११

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

seventeen − thirteen =