काठमाडौँ- इसेवा मनि ट्रान्सफरले यो वर्ष पनि ‘मेरो डिजिटल देश’ अभियानलाई निरन्तरता दिएको छ। यस अभियानमार्फत विदेशबाट डिजिटलरूपमा नेपाल रेमिट्यान्स पठाउनेमध्ये एक जनाले काठमाडौँमा घर जित्ने अवसर प्राप्त गर्नेछन्।
असोज १ मा सुरु भएको अभियान २०८१ को असार ३१ गतेसम्म चल्नेछ। जुनैसुकै मुलुकमा रहेका नेपालीले नेपालमा इच्छाएको व्यक्तिको इसेवा वालेटमा पैसा पठाई अभियानमा सहभागिता जनाउन सक्नेछन्। अभियानमार्फत ४ परिवारलाई विशेष कोसेली, हरेक महिना १ जनाको पैसा डबल, तथा बम्पर उपहारमा १ जनाले काठमाडौँमा घर प्राप्त गर्ने कम्पनीको भनाइ छ।
प्रकाशित: १ असोज २०८० १४:१४
प्रतिक्रिया