शिक्षा विधेयक पुग्यो संसद्‌मा, कहिले होला दर्ता?

हिमाल प्रेस २६ भदौ २०८० १७:५९
272
SHARES
शिक्षा विधेयक पुग्यो संसद्‌मा, कहिले होला दर्ता?

काठमाडौँ- लामो समयदेखि अड्किएको विद्यालय शिक्षासम्बन्धी कानुन संशोधन र एकीकरण गर्न बनेको विधेयक २०८० अन्तत: संसद्‍मा पुगेको छ। प्रतिनिधिसभाका प्रवक्ता एकराम गिरीले संसद्‍मा उक्त विधेयक आइपुगेको जानकारी दिए।

उनले भने, ‘शिक्षा विधेयक संसद्‍मा आइपुगेको छ तर दर्ता भने भएको छैन।’ उनले सबै प्रकृया मिलेमा भोलि (बुधबार) संसद्‍मा दर्ता हुने जानकारी दिए। उक्त विधेयक साउन १६ गते नै मन्त्रिपरिषद् बैठकले संसद्‍मा पेस गर्न स्वीकृति दिएको थियो।

तर सदन नपुग्दै विधेयकका दफा–उपदफामा समेटिएका विभिन्न प्रावधान सामाजिक सञ्जालबाट छरपस्ट भयो र सँगसँगै विधेयकको विरोध तथा विभिन्न आन्दोलन सुरू भएपछि प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले परिमार्जन गरेपछि मात्रै संसद्‍मा दर्ता गर्ने प्रतिबद्धता जनाएका थिए।

प्रकाशित: २६ भदौ २०८० १७:५९

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

12 − two =