बीपीको योगदान अतुलनीय : डिना उपाध्याय

हिमाल प्रेस २५ भदौ २०८० १०:१४
6
SHARES
बीपीको योगदान अतुलनीय : डिना उपाध्याय

ताप्लेजुङ- नेपाली कांग्रेस केन्द्रीय सहमहामन्त्री लक्ष्मी उपाध्याय (डिना)ले नेपाली कांग्रेसका संस्थापक नेता विश्वेश्वरप्रसाद कोइरालाको विचारमा न्याय र रूपान्तरण भएको बताएकी छन्।

मुलुकमा ऐतिहासिक परिवर्तन र न्यायका लागि दूरदर्शी नेता बीपीका विचार निर्णायक भूमिकामा भएको स्पष्ट पारिन्। आइतबार ११०औँ बीपी जयन्तीका अवसरमा ताप्लेजुङमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले नेपालको राजनीतिक आन्दोलन र ऐतिहासिक परिवर्तनमा बीपीको योगदान अतुलनीय रहेको तथा उनकै विचार र व्यवहारले मुलुक र जनताले न्याय प्राप्त गरको दाबी गरिन्।

‘विभिन्न ऐतिहासिक परिवर्तनसँगै यतिबेला जनताले न्यायको अनुभव गरेका छन्, जनताकै शासन आएको छ, हामीले देखेको भोगेको उल्लेखनीय परिवर्तन दूरदर्शी नेता बीपीकै उत्कृष्ट विचारको परिणाम हो’, सहमहामन्त्री उपाध्यायले भनिन्।

बीपीको विचारलाई अनुसरण गर्न भविष्यमा पनि उत्तिकै सान्दर्भिक हुने उनले बताए। बीपीका विचार र व्यवहारका प्रभाव युगौँ युगसम्म रहने उल्लेख गर्दै उनले पार्टीले उनका विचार र सिद्धान्तलाई भुल्न नहुने बताए।

पार्टीका नेता महेन्द्र यादवमाथि भएको आक्रमणका साथै कोशी प्रदेशसभा सदस्य खगेनसिंह हांगाममाथि प्रहरीद्वारा भएको दुव्र्यवहारप्रति सहमहामन्त्री उपाध्यायले गम्भीर ध्यानाकर्षण भएको बताइन्।

प्रकाशित: २५ भदौ २०८० १०:१४

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

eleven − seven =