लालबन्दीबाट १ महिनामा १४ करोडको तरकारी निर्यात

हिमाल प्रेस २४ भदौ २०८० ७:४९
4
SHARES
लालबन्दीबाट १ महिनामा १४ करोडको तरकारी निर्यात

सर्लाही- लालबन्दीमा रहेको कृषि थोक बजार व्यवस्थापन समितिले चालु आर्थिक वर्षको पहिलो महिना साउनमा १४ करोड रुपैयाँभन्दा बढीको तरकारी निर्याता गरेको छ।

लालबन्दी नगरपालिका–७ मा रहेको कृषि थोक बजार व्यवस्थापन समितिले चालु आव २०८०/८१ को पहिलो महिना साउनमा १४ करोड ३९ लाख ६१ हजार ६ सय ५० रुपैयाँ बराबरको तरकारी निर्यात गरेको समितिका व्यवस्थापक शम्भुप्रसाद घिमिरेले जानकारी दिए।

उनका अनुसार आव २०८०/८१ को पहिलो महिना साउनमा २ करोड ८९ लाख ९ हजार ६ सय किलो तरकारी निर्यात गरिएको छ। जिल्लाको लालबन्दी, हरिवन, हरिपुर र ईश्वरपुर नगरपालिका क्षेत्रमा किसानले उत्पादन गरेका गोलभेँडा, परबल, बोडी, सिमी, भन्टा, करेलालगायत तरकारी लालबन्दीको बजारमा आउने समितिका अध्यक्ष तोरणबहादुर मगरले जानकारी दिए।

उनका अनुसार सिन्धुली, रामेछाप, काठमाडौँ, पोखरा, बुटवल, भैरहवा, नारायणघाट, नेपालगञ्ज, हेटौँडा, वीरगञ्ज, गौर, जनकपुर, सिरहा, विराटनगर, इटहरीका साथै छिमेकी देश भारतको सोनवर्षा तथा सीतामाडीलगायत स्थानमा लालबन्दीबाट तरकारी निर्यात हुने गरेको छ।

संघीय सरकारअन्तर्गत रहेको कृषि थोक बजार व्यावस्थापन समिति लालबन्दीबाट टमाटर, भन्टा, बोडी, लौका, करेला, काँक्रो, फूलगोभी, बन्दा, घिरौँला, सिमी, झिङ्गनी, मूला, हरियो खुर्सानी, बेथुको साग, गाँजर, भिन्डी, परबल, रुख कटहर, फर्सी, धनियाँको पात, कागती, मटरकोसा, प्याज र भेँडे खुर्सानीलगायत तरकारी निर्यात हुने गरेको समितिले जनाएको छ। रासस

प्रकाशित: २४ भदौ २०८० ७:४९

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

9 + eighteen =